‘घामड शेरे’ नचल्दा अनमोलतिर सोझिए हेमराज ! « Khabarhub

‘घामड शेरे’ नचल्दा अनमोलतिर सोझिए हेमराज !


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिकामा लिएर निर्माण गरिएको फिल्म ‘घामड शेरे’ ले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन । रिलिजको दुई दिनअघि २ चित्तबुझ्दो शो नपाएको भन्दै २ हप्ता पछि सरेको यो फिल्मले पछि मल्टिप्लेक्समा शो त पायो तर दर्शक पाउन सकेन ।

चलचित्र ‘ब्रेकअप’ बनाएर घाटा बेहोरेका हेमराज बिसीले फेरि व्यावसाियक हिसाबले असफल फिल्म दिए । उनले निर्देशन गरेको फिल्म ‘ग्याङस्टर ब्लूज’ पनि असफल भएको थियो ।

अनमोल केसीसँग मिलेर फिल्म बनाउँदा व्यावसायिक रुपमा सफल फिल्म दिएका हेमराज पछिल्लो समय भने सफल निर्देशक बन्न सकेनन् । जबकि, हेमराजलाई राम्रा निर्देशकका रुपमा हेर्ने गरिन्छ ।

हेमराजले नस्वीकारे पनि उनी प्रायः आफूले लेखेका कथा र स्किृप्टमै चिप्लिएका छन् । ‘घामड शेरे’ पनि स्किृप्ट कमजोर भएकै कारण असफल भएको चलचित्र थियो ।

यतिबेला भने चर्चा चलेको छ कि, हेमराजले अब अनमोल केसीलाई लिएरु फिल्म बनाउने निर्देशनमा छन् । लगातार फिल्म घाटामा गएर लगानी डुबाएका हेमराज अब अनमोललाई लिएर फिल्म बनाउने सोचमा छन् ।

स्रोतका अनुसार हेमराजले अनमोल केसीलाई फिल्मको वानलाइन कथा सुनाइसकेका छन् । कथा अनमोललाई मन पनि परेको छ ।

फिल्मलाई रोहित अधिकारीले लगानी गर्ने खबर छ । हेमराज आफैले लेख्ने यो फिल्ममा ‘गाजलु’ टिमको ‘प्याचअप’ हुने सम्भावना छ ।

यद्यपि हेमराजले भने यसबारेमा कुनै जानकारी दिएका छैनन् । निरन्तर असफल फिल्म दिइरहेका हेमराजका लागि रोहित र अनमोलसँगको ‘केमेष्ट्री’ ले असफल फिल्मको यात्रामा ब्रेक लगाउने सम्भावना चाहिँ छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १२ : ४४ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको