राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर श्रेष्ठमाथि छानविन शुरु « Khabarhub

राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर श्रेष्ठमाथि छानविन शुरु


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि लागेको आरोप बारे छानविन शुरु भएको छ ।

उनीमाथि लागेको आरोप छानविन गर्न राष्ट्र बैंकले समिति गठन गरेको थियो ।

डेपुटी गभर्नर श्रेष्ठमाथि वैंकको नियमानुसार काम नगरेको आरोप लागेपछि कार्तिक १८ गते राष्ट्र बैंक सञ्चालक समितिले सञ्चालक समिति सदस्य श्रीराम पौडेलको संयोजकत्वमा सदस्यहरु रामजी रेग्मी र सुबोधकुमार कर्ण सम्मिलित तीन सदस्यीय समिति गठन गरेको थियो ।

एक महिनाभित्र छानविन सम्पन्न गरेर प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको समितिले डेपुटी गभर्नर श्रेष्ठमाथि लागेका आरोप र श्रेष्ठले गरेका निर्णयको अध्ययन भइरहेको छ ।

श्रेष्ठलाई बैंकहरुको खराब कर्जा लुकाउन सहयोग गरेको, वित्तीय अनुशासन बिगारेको, एनसेलको लाभांश फिर्ताका लागि राष्ट्र बैंकबाट मद्दत गरेको जस्ता आरोप लगाइएको छ ।

मन्त्रिपरिषद्को बैठकले डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन गर्ने निर्णय गरेको थियो । सरकारी निर्णयअनुसार राष्ट्र बैंकले अनुसन्धान शुरु गरेपछि डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा परेका थिए । समितिले उनीसँग स्पष्टिकरण लिने र बर्खास्तीका लागि सिफारिस गर्न सक्ने अधिकार समेत दिइएको छ ।

श्रेष्ठको डेपुटी गभर्नरको पदावधि करिव डेढ वर्ष बाँकी छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  २ : १५ बजे

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल