सरकारले तोक्यो कफीको मूल्य, कुनको मूल्य कति ? « Khabarhub

सरकारले तोक्यो कफीको मूल्य, कुनको मूल्य कति ?


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ । १५ औं राष्ट्रिय कफी दिवसका अवसरमा फ्रेस चेरी, पाचर्चमेन्ट र ड्राइ चेरी कफीको न्यूनतम मूल्य निर्धारण गरेको हो ।

मंसिर १ गते (आज) बाट लागू हुने गरी यस वर्षको कच्चा कफीको मूल्य तोकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

हेर्नुस् यस्तो छ मूल्य :

बोर्डका अनुसार फ्रेस चेरी ग्रेड ‘ए’ को मूल्य प्रतिकेजी ८५ रुपैयाँ तोकिएको छ । ८ सय मिटरभन्दा माथिको भूभागमा उत्पादन, प्राङगारिक पद्धति अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने, केलाएर छानिएको चेरीलाई ग्रेड ‘ए’ मा वर्गिकरण गरिएको छ ।

त्यस्तै प्रेस चेरी ग्रेड ‘बी’ को मूल्य ७५ रुपैयाँ प्रतिकेजी तोकेको छ । ‘ए’ मा नपरेका अन्य कफीलाई ‘बी’ मा राखिएको छ । त्यस्तै पार्चमेन्ट कफी ग्रेड ‘ए’ को मूल्य ४ सय २५ रुपैयाँ तोकिएको बोर्डले जनाएको छ ।

ग्रेड ‘ए’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११ प्रतिशत चिस्यान भएको कफी पार्चमेन्टलाई ग्रेड ‘ए’ मानिनेछ । त्यसैगरी पार्चमेन्ट कफीको ग्रेड ‘बी’ को मूल्य ३ सय ७५ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

बोर्डको सूचनाअनुसार ड्राइ चेरी ग्रेड ‘ए’ कफीको मूल्य प्रतिकेजी १ सय ४० रुपैयाँ तोकिएको छ । ग्रेड ‘ए’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलाई ग्रेड ‘ए’ मानिनेछ ।

त्यस्तै ड्राइ चेरी ग्रेड ‘बी’ को मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकिएको छ ।

बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार विगत १० वर्षअघि देखिको कफीको मूल्य तालिका

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ३ : २१ बजे

सरकारले थप तीनवटा अध्यादेश शीतल निवास पठायो

काठमाडौं- बालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र

नेप्से परिसूचकमा २५ अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको

ड्रोनबाट हेर्नुस्, डोजर चलेपछिको मनोहरा सुकुम्वासी बस्ती

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली

पूर्वराष्ट्रपति युनलाई सात वर्षको जेल सजाय, कानूनी संकट थप गहिरियो

सियोल– दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलविरुद्धको कानूनी कारबाही थप

उद्यमी बन्न चाहनेलाई कामपाको सहुलियत ऋण

काठमाडौं– काठमाडौं महानगरपालिकाले स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण