पूजा शर्माले भेटिन् पूर्वराजा र हिमानीलाई, भनिन् – प्राउड मोमेन्ट ! « Khabarhub

पूजा शर्माले भेटिन् पूर्वराजा र हिमानीलाई, भनिन् – प्राउड मोमेन्ट !


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री पूजा शर्माले पूर्वराजपरिवारका सदस्यसँग भेट गरेकी छिन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाहसँग खिचेका तस्वीर खिचेर सामाजिक सञ्जालमा अपलोड गरेकी हुन् ।

‘पूर्व युवराज्ञी हिमानी शाहसँगको गौरवपूर्ण क्षण । उहाँलाई माया ।,’ पूजाले हिमानीसँगको तस्वीर अपलोड गर्दै लेखेकी छिन् ।

पूजाका फ्यानले हिमानी र पूजा दुवैलाई ‘राजकुमारी’ भन्दै कमेन्ट गरेका छन् ।

पूर्व युवराज्ञी हिमानी शाहसँग नायिका पूजा शर्मा ।

यस्तै पूजाले पूर्वराजा ज्ञानेन्द्र शाहसँगको तस्वीर पनि सार्वजनिक गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत ज्ञानेन्द्रलाई संसारका अन्तिम हिन्दू राजाका रुपमा चिनाएकी छिन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग नायिका पूजा शर्मा ।

फिल्म करिअरको कुरा गर्नुपर्दा पूजा शर्मा यतिबेला ‘म यस्तो गीत गाउँछु २’ को छायांकनमा व्यस्त छिन् । यो फिल्ममा उनले अभिनेता पल शाहसँग जोडी बाँध्नेछिन् ।

यसअघि रिलिज भएको उनको फिल्म ‘पोइ पर्‍यो काले’ व्यावसायिक रुपमा असफल भएको थियो । फिल्ममा पूजाका अलावा सौगात मल्ल, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ लगायतका कलाकारको समेत शीर्ष भूमिका थियो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ४ : १३ बजे

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ