पूजा शर्माले भेटिन् पूर्वराजा र हिमानीलाई, भनिन् – प्राउड मोमेन्ट ! « Khabarhub

पूजा शर्माले भेटिन् पूर्वराजा र हिमानीलाई, भनिन् – प्राउड मोमेन्ट !


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री पूजा शर्माले पूर्वराजपरिवारका सदस्यसँग भेट गरेकी छिन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाहसँग खिचेका तस्वीर खिचेर सामाजिक सञ्जालमा अपलोड गरेकी हुन् ।

‘पूर्व युवराज्ञी हिमानी शाहसँगको गौरवपूर्ण क्षण । उहाँलाई माया ।,’ पूजाले हिमानीसँगको तस्वीर अपलोड गर्दै लेखेकी छिन् ।

पूजाका फ्यानले हिमानी र पूजा दुवैलाई ‘राजकुमारी’ भन्दै कमेन्ट गरेका छन् ।

पूर्व युवराज्ञी हिमानी शाहसँग नायिका पूजा शर्मा ।

यस्तै पूजाले पूर्वराजा ज्ञानेन्द्र शाहसँगको तस्वीर पनि सार्वजनिक गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत ज्ञानेन्द्रलाई संसारका अन्तिम हिन्दू राजाका रुपमा चिनाएकी छिन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग नायिका पूजा शर्मा ।

फिल्म करिअरको कुरा गर्नुपर्दा पूजा शर्मा यतिबेला ‘म यस्तो गीत गाउँछु २’ को छायांकनमा व्यस्त छिन् । यो फिल्ममा उनले अभिनेता पल शाहसँग जोडी बाँध्नेछिन् ।

यसअघि रिलिज भएको उनको फिल्म ‘पोइ पर्‍यो काले’ व्यावसायिक रुपमा असफल भएको थियो । फिल्ममा पूजाका अलावा सौगात मल्ल, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ लगायतका कलाकारको समेत शीर्ष भूमिका थियो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ४ : १३ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह