नबिल बैंकको ‘हिरो अफ नेपाल’सिरिजमा निर्मल पूर्जा « Khabarhub

नबिल बैंकको ‘हिरो अफ नेपाल’सिरिजमा निर्मल पूर्जा


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नबिल बैंकको ‘हिरो अफ नेपाल’ सिरिजमा निर्मल पूर्जा छानिएका छन्। पूर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्व किर्तिमान कामय गरेका थिए । त्यसैले उनलाई बैंकले हिरो उपाधी दिएको हो ।

नबिल बैंकले पुर्जालाई ठूलो सफलता हात पारेको भन्दै ७ लाख रुपियाँ नगद प्रदान गरी सम्मान समेत गरेको छ । त्यस्तै बैंकले सिरिजसँगै नेपाल पर्वतारोहण संघसँग हातेमालो गर्दै पर्वतारोहणका क्रममा ज्यान गुमाउने पर्वतारोहीका १५ बालबालिकालाई छात्रवृत्ति समेत प्रदान गर्ने भएको छ ।

समाजमा जहिले पनि पुरानै अनुहारलाई राष्ट्रिय हिरोका रुपमा मान्नुपर्ने अवस्थामा बैंकले नयाँ हिरो खोजी गर्ने क्रममा निर्मललाई नबिल हिरो बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।

आगामी दिनमा बैंकले समाजमा प्रोत्साहनमुलक काम गर्ने नेपाली नागरिकलाई प्रोत्साहन गर्दै हिरो घोषणा गर्दै जाने समेत घोषणा गरे। नबिल बैंकले नेपाल पर्वतारोहण संघसँग सहकार्य गर्दै हिमाल आरोहणका क्रममा मृत्यु भएका अभिभावकका १५ छोराछोरीलाई छात्रावृति दिने घोषणा समेत गरेको छ ।

कार्यक्रममा पुर्जा, शृंखला खतिवडा र बैंकर अनिल शाह समेतको प्यानल डिस्कसन भएको थियो । बैंकले यो सिरिजलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ४ : ५६ बजे

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि