काठमाडौं– टी–१० लिग अन्तर्गत जारी खेलमा नर्दन वारियर्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्का सामेल अबुधावीलाई ९३ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको नर्दनले १ विकेट गुमाएर ९२ रन बनाएको हो । नर्दनविरुद्ध अबुधावीका बलरहरु कमजोर सावित भए ।
जसमा अबुधावीका खेलाडीले एक विकेट मात्रै लिए । उक्त विकेट वेन लाफ्लिनले लिएका हुन् ।
पारस खड्का लागातार टीममा परे पनि आज बलिङ गर्ने अवसर भने पाएनन् । तर, शुक्रबार भएको कलन्दर्सविरुद्धको खेलमा अन्तिम ३ बल खेल्न पाएका उनले ३ रन बनाएका थिए ।
प्रतिक्रिया