सेनाका जवान कँडेलको मृत्यु प्रकरणमा परिवारबाट किटानी जाहेरी « Khabarhub

सेनाका जवान कँडेलको मृत्यु प्रकरणमा परिवारबाट किटानी जाहेरी


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीबाट हाम फालेर मृत्यु भएको भनिएका नेपाली सेनाका जवान राम कँडेलका परिवारले किटानी जाहेरी दर्ता गराएका छन् ।

अस्थायी प्रहरी चौकी फिस्लिङमा कार्यरत प्रहरी जवान ठाकुर ढकालका नाममा मृतकका परिवारले हत्याको आशंका गर्दै किटानी जाहेरी दर्ता गराएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले किटानी जाहेरी परेको र ढकाललाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जानकारी दिए ।

इच्छकामना–५ निवासी २८ वर्षीय कँडेल फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीमा राखिएका समयमा आज बिहान बरण्डाबाट हाम फालेर घाइते भएको प्रहरीले जनाएको थियो ।

घाइते कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो । कँडेलको मृत्युपछि स्थानीयले हत्या भएको भन्दै आज दिउँसो तीन घण्टा पृथ्वी राजमार्ग अवरुद्ध गराएका थिए ।

मृतक कँडेलको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । मल्लका अनुसार नेपाली सेना, प्रहरी र परिवारका साथमा साँझ शव काठमाडौँ पठाइएको हो ।

प्रहरीले आज बिहान फिस्लिङ क्षेत्रमा झैझगडा गरेपछि नियन्त्रणमा लिइएका कँडेल प्रहरी चौकीको तल्लो तलाको बरण्डाबाट हामफाल्दा घाइते भएको जनाएको थियो ।

कँडेल सिन्धुलीको बर्दबहादुर गणका सिपाही हुन् । बिहान ७ः३० वजे लडेर घाइते भएका कँडेलको उपचारका क्रममा बिहान ८ः४० वजे मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारले भने हत्या भएको दाबी गर्दै जाहेरी दर्ता गराएको हो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ८ : ३९ बजे

पूर्वराजकुमार समातिएपछि बेलायती जनता खुशी, राजा भन्छन्– अब कानुनले काम गर्छ

काठमाडौं– कुख्यात बालयौन दुराचारी जेफ्री एपस्टिनसँग मुछिएर बदनाम भएका बेलायतका

उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल फेला

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल

सङ्कटालाई हराउँदै एपिएफ फाइनल

उदयपुर – उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशाला खैलमैदानमा आज भएको खेलमा

देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ

आज फागुन ७ गते। आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक