पाँच युक्रेनी नागरिक पक्राउ « Khabarhub

पाँच युक्रेनी नागरिक पक्राउ


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- नेपालको सबैभन्दा होचो स्थान कचनकबल घुम्न आएका पाँच युक्रेनी नागरिकलाई भारतीय सुरक्षा बल(एसएसबी)ले पक्राउ गरेको छ ।
खुला सिमानाको पत्तो नपाएर भारतीय भूभागमा पुगेका उनीहरु बिहारको किसनगञ्ज क्षेत्रबाट पक्राउ परेका हुन् ।

झापाको कचनकबल गाउँपालिकामा भारतीय सिमाना नजिक नेपालकै होचो स्थान केचनास्तम्भ छ । शुक्रबार सो स्थानमा घुम्ने क्रममा युक्रेनी नागरिक सिमाना नचिनेर अलमलिँदै १०० मिटर टाढा भारतीय भू–भाग कादोगाउँ पुगेका थिए ।

कादोगाउँमा तैनाथ एसएसबीका जवानले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दए ।

पक्राउ पर्नेमा मारियाना रुडिक, भ्लादिमीर कोवालचक, लिलिया कोवालचक, अलेक्जेन्डर काप्टजेन र इवान सिक छन् । झुक्किएर सीमापारि पुगेकाले उनीहरुलाई छाडिदिन नेपाली सुरक्षा निकायले भारतीय पक्षसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ९ : ५५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार