डोजर प्रकरणः महिला हुत्याउने चालक जेल चलान « Khabarhub

डोजर प्रकरणः महिला हुत्याउने चालक जेल चलान


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला अदालतले डोजर चालक किशोर बोहरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउनका लागि आज आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता भानदेव जोशीले जानकारी दिए ।

यस्तै अदालतले चालक बोहरालाई डोजरले हुत्याउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीयवासी भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही रु ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ । गत कात्तिक ४ गते ग्वाल्लेकको चिलाउनेमा सडक निर्माणका क्रममा स्थानीयवासी गौरी जोशीलाई डोजर चालकले हुत्याएको थियो ।

सडक निर्माण गर्ने र सडक निर्माण गर्न नदिने पक्षबीच विवाद हुँदा झडपसमेत भएको थियो । आफूहरुको जमीनमा जबरजस्ती डोजर चलाएको भन्दै सडक रोक्ने पक्षले अवरोध गर्दा डोजर चालकले महिलालाई हुत्याएको थियो । चालक बोहरालाई प्रहरीले कात्तिक ४ गते नै पक्राउ गरेको थियो ।

यस्तै डोजर चलाउन उक्साउने डोजर मालिक जोशी, स्थानीयवासी भोजराज र धर्मानन्दलाई कात्तिक ६ गते पक्राउ गरिएको थियो । सडक रोक्नुपर्छ भन्ने पक्षका दुर्गादत्त जोशीलाई पनि सार्वजनिक स्थानमा शान्तिमा खलल पु¥याएको कसुरमा मुद्दा दर्ता गरेर प्रहरीले पक्राउ गरेको भए पनि उनी हाल प्रहरी हिरासतमै छन् । प्रहरीले अनुसन्धान गरेर फाइल बुझाइसकेकाले सोमबार जिल्ला प्रशासन कार्यालयले टुङ्गो लगाउने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

छानबिन समितिले प्रतिवेदन बुझाउन सकेन्

बैतडी डोजर प्रकरणका विषयमा अदालतले निर्णय गरिसकेको अवस्थामा पनि गत कात्तिक ५ गते स्थानीय प्रशासनले गठन गरेको छानबिन समितिले भने अझै प्रतिवेदन बुझाउन सकेको छैन । सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगी नेतृत्वको छानबिन समितिले हालसम्म प्रतिवेदन बुझाउन सकेको छैन ।

शुरुमा छानबिन समितिको प्रतिवेदन समय सीमा ४८ घण्टाको राखिएको थियो । उक्त समय सीमामा प्रतिवेदन बुझाउन नसकेपछि पाँच दिनको म्याद थप गरिएको थियो । डोजर प्रकरणका विषयमा प्रतिवेदन तयार भएको तर प्रमुख जिल्ला अधिकारी जिल्ला बाहिर भएकाले बुझाउन नसकिएको समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए ।

सो प्रकरणमा दोषी देखिएकाले कानूनअनुसार कारवाही हुनुपर्ने समितिले तयार पारेको प्रतिवेदनको सार रहेको समितिले जनाएको छ ।

छानबिन समितिले तयार पारेको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीको रायसहित प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोगमा पठाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दशरथचन्द नगरपालिका–९ सुन्नाखानदेखि पार्ससम्म जोड्ने उक्त सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा डोजर चालक बोहराले महिलालाई हुत्याएपछि घटनाले ठूलो रुप लिएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ९ : ४५ बजे

वर्षा भन्छिन् : दीपक-दीपाको जस्तो सम्बन्ध सधैँ अटल रहोस्

काठमाडौं– कलाकार दीपाश्री निरौला ब्रेन ट्युमरसँग लडिरहँदा उनका प्रिय सहकर्मी

उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित

खोटाङ– नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार

आयल निगमले अबदेखि खान पकाउने ग्यास भरी सिलिन्डर बेच्ने

काठमाडौं- नेपाल आयल निगमले बुधबारदेखि देशभर पूर्ण तौल (भरी सिलिण्डर)

विद्यार्थी कुटपिट घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं – काठमाडौँको बौद्धस्थित खावालिङ विद्यालयमा शिक्षिकाले एक विद्यार्थीलाई कुटपिट गरेको घटनाप्रति