तपाईंका बालबालिकामा यस्ता लक्षण देखिएका छन् ? रक्त क्यान्सरको संकेत हुनसक्छ « Khabarhub

तपाईंका बालबालिकामा यस्ता लक्षण देखिएका छन् ? रक्त क्यान्सरको संकेत हुनसक्छ


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय बालबालिकामा हुने रक्त क्यान्सरको समस्या भयवह बन्दै गएको छ । बालबालिकामा दुई प्रकारको रक्त क्यान्सर हुन्छ । त्यसलाई एक्युट ल्युकेमिया र एक्युट लिम्फोब्ल्यास्टिक ल्युकेमिया भनिन्छ ।  एक्युट ल्युकेमिया क्यान्सर एएलएल, एएमएल. सीएमएल गरी तीन किसिमका हुन्छन् ।

रगतमा हुने तीन प्रकारका रक्त कोषहरुमध्ये सेतो रक्तकोषहरु वयस्क हुन नसक्दा अनियन्त्रित रुपमा संख्या बढ्न गई एक्युट लिम्फोब्ल्यास्टिक ल्युकेमिया क्यान्सर हुन्छ । सेतो रक्तकोषहरु अन्यिन्त्रित रुपमा हुर्केर शरीरमा फैलन थालेपछि यसको लक्षणहरु देखिन्छ ।

रगतमा हुने रातो, सेतो रक्त कोष र प्लेटलेट बनाउने काम शरीरमा रहेको हड्डीभित्रको मासीले गर्छ । शरीरमा सेतो रक्तकोष अनियन्त्रित रुपमा फैलिएमा हड्डीमा रहेको मासीलाई असर पर्छ । जसको कारण मासीले सहज रुपमा यी तीन प्रकारका रक्तकोषहरु निर्माण गर्न सक्दैन ।

शरीरमा रातो, सेतो रक्तकोष र प्लयेटलेटको कमी भएको यसरी थाहा पाउनुस्,

रक्तकोषको निर्माण प्रक्रिया रोकिँदा शरीरमा रातो रक्तकोषको अभाव भई शरीर सेतो हुँदै जान्छ । यस्तै प्लेटलेट कमी भएमा शरीरको विभिन्न भागबाट रगत बग्न थाल्छ । शरीरका छालाहरुमा राताराता छिट्टाहरु देखिन थाल्छ । यस्तै, नाकबाट रगत बग्ने, खकारमा रगत देखिने समस्या शुरु हुन्छ । शरीरका विभिन्न भागहरुमा निला डामहरु देखिन्छ ।

सेतो रक्तकोषको कमीले गर्दा शरीरमा रोगसँग लड्ने क्षमता ह्रास हुँदै जान्छ । जसले गर्दा घाँटी, छाती, कलेजो सुन्निने, टाउँको दुद्यने, वान्ता हुने, काम्ने, वेहोस् हुने समस्या आउँछ ।

यस्ता लक्षणहरु देखिएमा शरिरमा सेतो रक्तकोषको अनावश्यक वृद्धि भएर क्यान्सर भइसकेको हुनसक्छ ।

रक्त क्यान्सरका लक्षण

– दुई साता वा दुईसाता भन्दा बढी निरन्तर ज्वरो आउनु

– आलस्यता बढ्ने,

– खाना खान मन नलाग्ने,

– शरीर सेतो भएर जाने,

– रक्तअल्पता हुने

– छोटो समयको अन्तरालमा रुघाखोकी, निमोनिया, झाडापखला तथा अन्य रोगको संक्रमण बढ्दै जाने

– शरीरका विभिन्न भागहरुमा राता टिकाहरु आउनु, नीला डामहरु देखिने,

– नाक, खकार, दिसा, पिसावमा रगत देखिने,

– आँखा, मुख, घाँटी खुन्निने,

– हातखुट्टाका जोर्नीहरु दुख्ने,

– सास फेर्न गाह्रो हुने,

– कमजोर महसुस हुने ।

कसर हुन्छ उपचार ?

रक्त क्यान्सर भएका बालबालिकालाई किमोथेरापी गरिन्छ । किमोथेरापी भनेको औषधि वा विभिन्न रसायनिक पदार्थहरु मुख, नसा, ढाड वा अन्य माध्यमबाट शरीरमा प्रवेश गराएर गरिने उपचार विधि हो ।

एएलएल क्यान्सरका विरामीलाई केमोथेरापी एकपटकमा ५ देखि ६ पटक सम्म दिइन्छ । रक्त क्यान्सरको उपचार बालिकालाई १ सय ४ हप्ता र बालकलाई १ सय ६५ हप्ता सम्म गरिन्छ ।

एएलएल क्यान्सरको उपचार गर्दा नियमित रुपमा बाल क्यान्सर विशेषज्ञको निगरानीमा उपचार गर्नुपर्ने हुन्छ ।  रक्त क्यान्सर भएका बालबालिकाहरुमा किमोथेरापी गराउँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी कम हुने भएकाले बालबालिकाहरु कमजोर हुन सक्छन् । यस्तो अवस्थामा बालबालिकालाई पोसिलो खाना र स्वास्थ्य सरसफाईमा विषेश ध्यान दिनुपर्ने हुन्छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ५ : ०६ बजे

इ-कमर्स व्यवसायलाई व्यवस्थित गर्न नयाँ निर्देशिका जारी : पोर्टलमा सूचीकरण अनिवार्य

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट हुने व्यापारलाई

लिङ्देनको गुनासो : चुनावअघि नै राजासहितको नयाँ समझदारी गरौँ भन्दा कसैले सुनेनन्

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि नयाँ

मतदान गर्नुअघि देश जलाउने र बनाउनेलाई चिनौँ : महेश बस्नेत

भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेतले मध्यपुरथिमि क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकको

गृहमन्त्री अर्यालद्वारा ‘रासस मिडिया सङ्ग्रहालय’ अवलोकन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ‘रासस मिडिया सङ्ग्रहालय  र समाचार बुलेटिन