तपाईंका बालबालिकामा यस्ता लक्षण देखिएका छन् ? रक्त क्यान्सरको संकेत हुनसक्छ | Khabarhub Khabarhub

तपाईंका बालबालिकामा यस्ता लक्षण देखिएका छन् ? रक्त क्यान्सरको संकेत हुनसक्छ


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय बालबालिकामा हुने रक्त क्यान्सरको समस्या भयवह बन्दै गएको छ । बालबालिकामा दुई प्रकारको रक्त क्यान्सर हुन्छ । त्यसलाई एक्युट ल्युकेमिया र एक्युट लिम्फोब्ल्यास्टिक ल्युकेमिया भनिन्छ ।  एक्युट ल्युकेमिया क्यान्सर एएलएल, एएमएल. सीएमएल गरी तीन किसिमका हुन्छन् ।

रगतमा हुने तीन प्रकारका रक्त कोषहरुमध्ये सेतो रक्तकोषहरु वयस्क हुन नसक्दा अनियन्त्रित रुपमा संख्या बढ्न गई एक्युट लिम्फोब्ल्यास्टिक ल्युकेमिया क्यान्सर हुन्छ । सेतो रक्तकोषहरु अन्यिन्त्रित रुपमा हुर्केर शरीरमा फैलन थालेपछि यसको लक्षणहरु देखिन्छ ।

रगतमा हुने रातो, सेतो रक्त कोष र प्लेटलेट बनाउने काम शरीरमा रहेको हड्डीभित्रको मासीले गर्छ । शरीरमा सेतो रक्तकोष अनियन्त्रित रुपमा फैलिएमा हड्डीमा रहेको मासीलाई असर पर्छ । जसको कारण मासीले सहज रुपमा यी तीन प्रकारका रक्तकोषहरु निर्माण गर्न सक्दैन ।

शरीरमा रातो, सेतो रक्तकोष र प्लयेटलेटको कमी भएको यसरी थाहा पाउनुस्,

रक्तकोषको निर्माण प्रक्रिया रोकिँदा शरीरमा रातो रक्तकोषको अभाव भई शरीर सेतो हुँदै जान्छ । यस्तै प्लेटलेट कमी भएमा शरीरको विभिन्न भागबाट रगत बग्न थाल्छ । शरीरका छालाहरुमा राताराता छिट्टाहरु देखिन थाल्छ । यस्तै, नाकबाट रगत बग्ने, खकारमा रगत देखिने समस्या शुरु हुन्छ । शरीरका विभिन्न भागहरुमा निला डामहरु देखिन्छ ।

सेतो रक्तकोषको कमीले गर्दा शरीरमा रोगसँग लड्ने क्षमता ह्रास हुँदै जान्छ । जसले गर्दा घाँटी, छाती, कलेजो सुन्निने, टाउँको दुद्यने, वान्ता हुने, काम्ने, वेहोस् हुने समस्या आउँछ ।

यस्ता लक्षणहरु देखिएमा शरिरमा सेतो रक्तकोषको अनावश्यक वृद्धि भएर क्यान्सर भइसकेको हुनसक्छ ।

रक्त क्यान्सरका लक्षण

– दुई साता वा दुईसाता भन्दा बढी निरन्तर ज्वरो आउनु

– आलस्यता बढ्ने,

– खाना खान मन नलाग्ने,

– शरीर सेतो भएर जाने,

– रक्तअल्पता हुने

– छोटो समयको अन्तरालमा रुघाखोकी, निमोनिया, झाडापखला तथा अन्य रोगको संक्रमण बढ्दै जाने

– शरीरका विभिन्न भागहरुमा राता टिकाहरु आउनु, नीला डामहरु देखिने,

– नाक, खकार, दिसा, पिसावमा रगत देखिने,

– आँखा, मुख, घाँटी खुन्निने,

– हातखुट्टाका जोर्नीहरु दुख्ने,

– सास फेर्न गाह्रो हुने,

– कमजोर महसुस हुने ।

कसर हुन्छ उपचार ?

रक्त क्यान्सर भएका बालबालिकालाई किमोथेरापी गरिन्छ । किमोथेरापी भनेको औषधि वा विभिन्न रसायनिक पदार्थहरु मुख, नसा, ढाड वा अन्य माध्यमबाट शरीरमा प्रवेश गराएर गरिने उपचार विधि हो ।

एएलएल क्यान्सरका विरामीलाई केमोथेरापी एकपटकमा ५ देखि ६ पटक सम्म दिइन्छ । रक्त क्यान्सरको उपचार बालिकालाई १ सय ४ हप्ता र बालकलाई १ सय ६५ हप्ता सम्म गरिन्छ ।

एएलएल क्यान्सरको उपचार गर्दा नियमित रुपमा बाल क्यान्सर विशेषज्ञको निगरानीमा उपचार गर्नुपर्ने हुन्छ ।  रक्त क्यान्सर भएका बालबालिकाहरुमा किमोथेरापी गराउँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी कम हुने भएकाले बालबालिकाहरु कमजोर हुन सक्छन् । यस्तो अवस्थामा बालबालिकालाई पोसिलो खाना र स्वास्थ्य सरसफाईमा विषेश ध्यान दिनुपर्ने हुन्छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ५ : ०६ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा