घुस लिएको आरोपमा गुठी संस्थानका प्रशासक र उपप्रशासक पक्राउ « Khabarhub

घुस लिएको आरोपमा गुठी संस्थानका प्रशासक र उपप्रशासक पक्राउ


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुठी संस्थानका प्रमुख नारायण चौधरी र जयप्रसाद रेग्मी पक्राउ

काठमाडौंको त्रिपुरेश्वरस्थित गुठी संस्थानका प्रमुख (प्रशासक) नारायणप्रसाद चौधरी र उपप्रशासक जयप्रसाद रेग्मी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले चौधरी र रेग्मीलाई त्रिपुरेश्वरस्थित गुठी संस्थाको कार्यालयबाटै पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले चौधरी र रेग्मी पक्राउ परेको पुष्टि गरे ।

अख्तियार स्रोतका अनुसार जग्गासम्बन्धी विवादमा घुस रकम लिएको अभियोगमा चौधरी र रग्मीलाई पक्राउ गरिएको हो ।

उनीहरुले जग्गासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए । तर, अख्तियारको टोलीले निगरानी गरिरहेको जानकारी पाएपछि घुस लिनेवित्तिकै फिर्ता गरेका थिए ।

अख्तियारका प्रवक्ता कोइरालाले चौधरी र रेग्मीले घुस माग गरेको तथा घुस रकम लिएको अन्य प्रमाणा प्राप्त भएकाले मंगलबार दिउँसो दुवैजनालाई पक्राउ गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ३ : ४५ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला