नेकपा बैठक: अध्यक्ष र महासचिवको प्रतिवेदनमाथि आज १३ सदस्यले राखे धारणा « Khabarhub

नेकपा बैठक: अध्यक्ष र महासचिवको प्रतिवेदनमाथि आज १३ सदस्यले राखे धारणा


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक लम्बिएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि नेताहरुले आफ्नो धारणा राखिरहेका छन् ।

दुई दिनका लागि भनेर बोलाइएको बैठकको तेस्रो दिनसम्म जम्मा २५ जनाले सदस्यले मात्र धारणा प्रस्तुत गरेको छन् ।

प्रतिवेदनमाथि सोमबार १२ जना सदस्यले टिप्पणी गरेका थिए भने मंगलबार १३ गरी २५ जनाले आफ्नो धारणा राखेका छन् ।

४५ सदस्यीय नेकपाको स्थायी समितिमा अझै २० जनाले बोल्न बाँकी छ । बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली अनुपस्थित छन् ।

नेताहरुको धारणा राख्ने क्रम नसकिएपछि बैठक पुनः भोलि विहान ११ बजेका लागि बोलाइएको छ । सम्भवतः पर्सि नेताहरुले बोल्ने क्रम सकिनेछ । त्यसपछि अध्यक्ष प्रचण्डले जवाफ लिनेछन् र, स्थायी कमिटी बैठक सकिनेछ ।

मंगलबार १३ जनाले छलफलमा भाग लिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए । मंगलबारको बैठकमा सहभागी सवै स्थायी समिति सदस्यहरुले अध्यक्ष र महासचिवले प्रस्तुत गरेका दुवै प्रतिवेदन सकारात्मक भन्दै केही सुझावहरु समेत पेश गरेका छन् ।

मंगलबार राजनीतिक र विधान संशोधनबारेका प्रस्तावबारे आमन्त्रित सदस्यद्वय नन्दकुमार प्रसाई र विष्णुपुकार श्रेष्ठसहित सुरेन्द्र पाण्डे, अमृत बोहोरा, बेदुराम भुषाल, शंकर पोखरेल, रघुवीर महासेठ, केशव बडाल, लेखराज भट्ट, घनश्याम भुषाल शक्ति बस्नेत मणि थापा र जनार्दन शर्माले छलफलमा भाग लिएका हुन् ।

आइतबारबाट सुरु भएको बैठकमा प्रतिवेनमाथि सोमबारबाट मात्रै छलफल सुरु भएको थियो ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ५ : ५४ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा