दादुरा र रुबेला रोगविरुद्धको खोप अभियान फागुन र चैतमा « Khabarhub

दादुरा र रुबेला रोगविरुद्धको खोप अभियान फागुन र चैतमा


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले दादुरा र रुबेला रोग विरुद्धको खोप अभियान कार्यक्रम दुई चरणमा गर्ने भएको छ ।

परिवार कल्याण महाशाखाले मंगलबार पत्रकार सम्मेलन गर्दै दादुरा र रुबेला खोप अभियान दुई चरणमा संचालन गर्ने जानकारी दिएको हो ।

सरकारले पहिलो चरणमा फागुन एक गते देखि ३० गतेसम्म एक महिना र दोस्रो चरणमा चैत एक गतेदेखि ३० गतेसम्म दुई महिना खोप अभियान सञ्चालन गर्न लागेको महाशाखाको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर झलक गौतमले जानकारी दिए ।

डा गौतमका अनुसार पहिलो चरणमा फागुन महिनाभर प्रदेश १,२ र ५ का ३४ जिल्लामा र दोस्रो चरणमा प्रदेश ३, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ४३ जिल्लामा चैत महिनाभर दादुरा रुबेला खोप अभियान सञ्चालन हुनेछ ।

यस्तै तराईका १९ जिल्लाहरुमा जन्मेदेखि ५ वर्ष मुलिका बालबालिकालाई पोलियो थोपा समेत खुवाइने उनको भनाइ छ । सरकारी योजना अनुसार दादुर र रुबेला ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिमालाई दिइदै छ । दुई चरणमा गरी देशभरका ३० लाख बालबालिकामा यो खोप दिइने बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ ।

यस्तै जन्मेदेखि ५ वर्ष मुनिका १५ लाख बालबालिकालाई पोलियो खोप दिइदै छ । खोप अभियानमा ९ हजार स्वास्थ्यकर्मी, १ लाख स्वायंसेवक परिचालन हुने

दादुरा र रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्न देशभर ८ हजार तालिमप्राप्त स्वस्थ्यकर्मी परिचालन गर्ने तयारी गरेको छ । यस्तै ५ हजार ५ सय जना स्थानिय सुपरिवेक्षक पनि परिचालन हुनेछन् । सरकारले खोप अभियानका लागि ४९ हजार खोप केन्द्र स्थापना गर्ने र करिव एक लाख स्वयंसेवक परिचालन गर्ने तयारी समेत गरेको छ ।

बालबालिकालाई किन लागाउने खोप ?

खोप एक जैविक तयारी वस्तु हो । जसको प्रयोगबाट व्यक्तिको शरिरमा सम्बन्धित रोगका विरुद्ध लड्न सक्ने प्रतिरोधात्मक क्षमताको बिकास गराउँछ ।

जसका कारण व्यक्तिलाई विभिन्न विषाणु र जिवाणुबाट हुने रोगबाट बचाउँन सकिन्छ । खोपको प्रयोगले, रोगको उन्मुलन (बिफर), निवारण (नवशिशु धनुष्टंकार) र नियन्त्रण (जापानिज इन्सेफलाईटिस) गर्न सकिन्छ ।

विश्वभर प्रत्येक बर्ष खोपले करिब २० देखि ३० लाख बालवालिकालाई मृत्युबाट बचाउने गरेको बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ ।

अहिले उपलब्ध खोपको प्रभाबकारी प्रयोग भएमा, थप २० लाख बालवालिकालाई बचाउँन सकिने बाल स्वास्थ्य तथा खोप सेवा शाखाको दावी छ । विश्बका अर्थशास्त्रीहरुले विश्व कल्याणका लागत प्रभाबकारी ३० बटा उत्कृष्ट उपाय मध्ये खोपलाई चौथो नम्बरमा राखेका छन् । खोपमा हुने १ डलर लगानि वापत औसतमा करिब ४४ डलर (२७ देखि ६७ डलर सम्म) फाइदा हुन्छ ।

खोपको इतिहास

सन् १७९६ मा, बेलायती बैज्ञानिक एड्वर्ड जेनरले बिफरबाट बचाउन रोग विरुद्धको खोप पत्ता लागाएका थिए । त्यहि समयदेखि, आधुनिक खोपको इतिहास सुरुवात भयो ।

खोप आविस्कारको करिब १८३ वर्ष पछि, सन् १९७९ (वि.सं. २०३४) मा विश्व स्वास्थ्य संगठनले संसारबाट बिफर उन्मुलन भएको घोषणा गर्यो ।

नेपालमा राष्ट्रिय खोप कार्यक्रम

नेपाल सरकारले बाल तथा मातृ मृत्यु दरमा कमि ल्याउने,औषत आयुमा वृिद्ध गर्ने, सन् २०२३ सम्ममा पोलियो रोग उन्मुलन गर्ने, सन् २०२३ सम्ममा दादुरा रुवेला निवारण गर्ने, मातृ तथा नवशिशु धनुष्टंकारको निवारण गर्ने उदेश्य लिएको छ ।

हाल नेपालमा १५ महिना मुनिका बालबालिकाहरु र गर्भवती महिलाहरुका लागि निःशुल्क खोप सेवा प्रदान गरिँदै आएको छ ।

१५ महिना मुनिका बालबालिकाहरुलाई ११ वटा सरुवा रोगहरु विरुद्ध खोपहरु दिइन्छ । नेपालमा क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्ल्यूएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया र जापानिज इन्सेफलाइटिस खोप उपलब्ध छ ।

सरकारले गर्भवती महिलाहरुका लागि टी.डी.(TD) धनुष्टंकार र भ्यागुते रोग बिरुद्ध खोप उपलब्ध गराउँदै आएको छ । खोप सेवामा मासिक देशभरका १६ हजार भन्दा धेरै खोप केन्द्रहरु (संस्थागत खोप केन्द्र, बाह्य खोप केन्द्र र घुम्ती खोप केन्द्र) का साथै निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरु मार्फत प्रदान गरिँदै आएको छ ।

राष्ट्रिय खोप कार्यक्रमले सन् २०१४ मा ५ वर्ष मुनिको बाल मृत्युदरमा कमी भएको, सन् २०१६ मा खोप ऐन जारी गर्ने दक्षिण एसियामा नै पहिलो देश नेपाल भएको सरकारको दावी छ । यस्तै दियो वित्तीय व्यवस्थापनको लागि खोप कोषको स्थापना र सन् २०१८ मा रुवेला नियन्त्रण र सन् २०१९ मा नियमित खोप मार्फत ५ वर्ष मुनिका बालबालिमामा हेपाटाईटिस बि नियन्त्रणको अवस्थामा रहेको बाल स्वस्थ्य तथा खोप सेवा शाखाले जनाएको छ ।

सरकारले हरेक वर्ष राष्ट्रिय अभियान कै रुपमा खोप कार्यक्रम सञ्चालन गरेपनि नेपालका २१ प्रतिशत बालबालिका पूर्ण खोपबाट बञ्चित छ । यस्तै ५ वर्ष मुनिका बालबालिकाको जनसंख्या मध्ये करिव एक प्रतिशत बालकालिकाले कुनै पनि खोप लगाएका छैनन् । नेपालमा ७८ प्रतिशत बालबालिकाले मात्र पूर्ण खोप पाएको बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ ।

 वार्षिक १ अर्व ६५ करोडको खोप

सरकारले राष्ट्रिय खोप कार्यक्रम संचालनका लागि वार्षिक १ अर्व ६५ करोडको खोप खरिद गर्ने गरेको छ । सरकारले खोप कार्यक्रमका लागि सरकारी बजेटबाट ६५ करोड र गाभी नामक अन्तराष्ट्रिय संस्थाबाट खोप तथा कोल्डचेन सामाग्रीको लागि एक अर्व खर्च गर्दै आएको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ८ : ०० बजे

नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन– सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ

बार एसोसिएसनको बैठक बस्दै, प्रधानन्यायाधीशमा भएको सिफारिसबारे धारणा तय गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दैछ । बैठक

आठ विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

इलाम– भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित,

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी