सागमा पदक बिजेता इलामे खेलाडी सम्मानित « Khabarhub

सागमा पदक बिजेता इलामे खेलाडी सम्मानित


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-१३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक बिजेता इलामे खेलाडी सम्मानित भएका छन् ।

इलाम विकास समाजले मंगलबार एक कार्यक्रमको आयोजना गरी पदक बिजेता ५ इलामे खेलाडीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा फुटबल टोलीका छिरिङ गुरुङ, उसुकी जुनी राई, महिला फुटबल टीमकी एन्जिला तुम्बाम्पो, भलिबलकी विनिता बुढाथोकी, बास्केटबलका विनय बुर्जालाई सम्मान गरिएको हो ।

सागमा छिरिङ फुटबलका स्वर्ण पदक प्राप्त खेलाडी हुन् । त्यस्तै जुनी उसुको स्वर्ण बिजेता खेलाडी हुन्।

इलाम विकास समाजको सम्मान कार्यक्रमलाई समाजसेवी डम्बर खड्काले प्रायोजन गरेका थिए । खड्काले स्वर्ण बिजेताका लागि प्रतिव्यक्ति २५ हजार रुपैयाँ, रजत विजेताका लागि प्रतिव्यक्ति २० हजार रुपैयाँ र कास्य बिजेताका लागि प्रतिव्यक्ति १५ हजार रुपैयाँ वितरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वसभामुख तथा इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद सुबास नेम्बाङले पूर्वाधारको अभाव विनै नेपाली खेलाडीले ठूलो सफलता हात पारेको बताए ।

विगतमा इलामको ठूलो टुँडिखेलमा विभिन्न खेल खेलेको स्मरण गर्दै नेम्बाङले खेल क्षेत्रको विकास र विस्तारका लागि प्रधानमन्त्री तथा खेलकुदमन्त्रीसँग आफूले कुरा राख्ने प्रतिबद्धता जनाए । उनले इलामे खेलाडीले पनि पदक जितेर देशको नाम उच्च राख्न खेलेको भूमिकाको चर्चा गरे ।

खेल क्षेत्रमा लागेका खेलाडीको क्षमता विकास तथा रोजगारीको अवस्था सिर्जनागर्न आफूले भूमिका खेल्ने बताए ।

पुरस्कार वितरण गर्दै समाजसेवी खड्काले खेलबाट देशको नाम राख्न सफल खेलाडीलाई बधाई तथा शुभकामना दिँदै खेलाडीलाई हौसला बढाउन सानो सहयोग गरेको बताए । उनले भने, ‘खेलाडीले इलामको मात्र होइन, देशको नाम उचो बनाएका छन् । हामीले सक्ने सहयोग जारी रहनेछ । खेलाडीको प्रोत्साहनका लागि सक्ने सहयोग जारी रहनेछ ।’

सम्मानित खेलाडीले आफूहरुले पुरस्कार पाएसँगै थप राम्रो गर्न जिम्मेवारी र चुनौती थपिएको बताएका थिए ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ६ : ३१ बजे

प्रतिनिधिसभा बैठक : ३ विधेयक प्रस्तुत

काठमाडौं– सरकारले विभिन्न तीन वटा विधेयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको

पशुपतिमा भारतीय दर्शनार्थी पनि उल्लेख्य (तस्बिरहरू)

काठमाडौं– आज साउनको अन्तिम सोमबार । देशभरका शिवालयहरूमा भक्तजनको भीड

ढल्केबरमा ट्रमा सेन्टर निर्माण अवरुद्ध हुँदैन : मन्त्री मेहता

काठमाडौं– धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान भइरहेका

विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं- सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि आर्थिक, प्राविधिक

पशुपतिमा ‘सफागरौँ’ अभियान सम्पन्न, पाँच सयभन्दा बढी स्वयंसेवक परिचालन

काठमाडौं– श्रावण महिनाका चार सोमबारदेखि निरन्तर रूपमा पशुपतिनाथ क्षेत्रमा सञ्चालन