राष्ट्रपति भण्डारी र कोइका अध्यक्षबीच शिष्टाचार भेट « Khabarhub

राष्ट्रपति भण्डारी र कोइका अध्यक्षबीच शिष्टाचार भेट


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का अध्यक्ष ली मिकयोङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका अवसरमा लैङ्गिक मूलप्रवाहीकरण कार्यक्रमका माध्यमबाट महिला सशक्तीकरणका निम्ति नेपाल र कोरिया सरकारबीचको सम्भावित साझेदारीका साथै नेपाली नारीलाई गुणस्तरीय शिक्षा तथा आर्थिक अवसरहरू उपलब्ध गराउनेमा विषयमा विचारविमर्श भएको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको पुरानो मित्र कोरियाले यहाँको विकासका निम्ति गरेको सहायता तथा नेपाली युवालाई रोजगारी अनुमति प्रणालीअन्तर्गत रोजगारीका अवसर उपलब्ध गराएकामा आभार व्यक्त गरिन ।

भेटमा राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारी, नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र कोइका नेपाल निर्देशक सुङ हुनलगायत उपस्थित थिए ।

कोइका अध्यक्ष ली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपालको साताव्यापी औपचारिक भ्रमणमा गत आइतबार काठमाडौँ आएको हो ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ७ : ५३ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला