सरकारसँग भएको सहमतिबारे छलफल गर्न गठवन्धनको बैठक, नागरिकता ल्याउन सीके राउतको ‘उर्दी’ ! « Khabarhub

सरकारसँग भएको सहमतिबारे छलफल गर्न गठवन्धनको बैठक, नागरिकता ल्याउन सीके राउतको ‘उर्दी’ !


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारसँग ११ बुँदे सहमति गरेको ‘स्वतन्त्र मधेस गठवन्धन’ ले राष्ट्रिय परिषद् बैठक बोलाएको छ । सरकारसँग भएको ११ बुँदे सहमति र आगामी रणनीति तय गर्न गठवन्धनले राष्ट्रिय परिषद् बैठक बोलाएको हो ।

गठवन्धनका संयोजक सीके राउतले सामाजिक सञ्जालमार्फत यस बारे जानकारी दिएका छन् । उनले चैत २ र ४ गते सिरहाको लहानमा राष्ट्रिय परिषद् बैठक बस्ने जानकारी दिएका छन् ।

राउतले नेपाल सरकार र स्वतन्त्र मधेस गठवन्धनबीच भएको ११ बुँदे सहमतिलाई ऐतिहासिक सहमति भन्दै बैठकमा आगामी रणनीतिका बारेमा छलफल हुने जनाएका छन् ।

बैठकमा गठवन्धनको केन्द्रीय तदर्थ समितिसहित तराईका सबै जिल्लाका जिल्ला संगठन संयोजकलगायतका नेताहरुको उपस्थिति हुन भनिएको । गठवन्धनले राष्ट्रिय परिषद् बैठकका सहभागीलाई नागरिकताको प्रमाणपत्र साथमा ल्याउन भनेको छ ।

गठवन्धनका संयोजक राउतले सामाजिक सञ्जालमा लेखेका छन्,‘सहभागी मित्रों से अनुरोधः कृपया नागरिकता प्रमाणपत्र साथ मे लेकर आए ।’

उनले आकस्मिक रुपमा बैठक बस्नु परेका कारण सबै साथीहरुलाई सहभागी गराउन नसकिएको भन्दै दुख नमान्न आग्रह गरेका छन् । राउतले परिषद् बैठकपछि तुरुन्तै विस्तारित बैठक बस्ने जनाएका छन् ।

फागुन २४ गते सरकार र सीके राउतबीच ११ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । हस्ताक्षर भएको सहमतिलाई सरकार र सीके राउत पक्षले आ–आफ्नो ढंगमा व्याख्या गरिरहेका छन् ।

गठवन्धनका संयोजक राउतले मधेश छुट्टै राष्ट्रको मागलाई जनमत संग्रहबाट टुंगो लगाउनेगरि सहमति भएको सोही दिन सामाजिक सञ्जालमा लेखेका थिए । तर सरकारी पक्षले सहमतिमा प्रयोग भएको जनअभिमत शव्दको अर्थ देश बिखण्डन हुनेगरि जनमतसंग्रह नभएको बताउँदै आएको छ । त्यसैले गठवन्धनको राष्ट्रिय परिषद् बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ८ : २१ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।