‘दाल, भात, तरकारी’को शीर्ष गीतमा पुष्प र आँचलको रोमान्स « Khabarhub

‘दाल, भात, तरकारी’को शीर्ष गीतमा पुष्प र आँचलको रोमान्स


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘दाल, भात, तरकारी’ को शीर्ष गीत रिलिज गरिएको छ । काठमाडौंमा शुक्रवार एक औपचारिक कार्यक्रमको आयोजना गरेर फिल्मको गीत तथा भिडियो सार्वजनिक गरियो ।

मह सञ्चारको ब्यानरमार्फत शीर्ष गीत सार्वजनिक गरिएको हो ।

पुष्प खड्का, आँचल शर्मा, हरिवंश आचार्य र निरुता सिंहको मुख्य भूमिका रहेको गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् ।

गीतको कुरा गर्नुपर्दा गीतमा राजेश पायल राई र स्मिता दाहालको स्वर सुन्न सकिन्छ भने रिकेश गुरुङको एरेन्ज छ । यस्तै गीतमा संगीत शम्भुजित बास्कोटाले दिएका छन् भने गीतका शब्दलाई हरिवंश आचार्यले लेखेका हुन् ।

एक सामान्य नागरिकले दाल, भात र तरकारी खान गर्ने दुःखलाई कमेडी शैलीमा कथानक बनाइएको यो फिल्ममा सुदन केसीको निर्देशन छ । फिल्मलाई हरिवंश आचार्यले लेखेका हुन् ।

मह सञ्चारको ब्यानरमा बनेको यो फिल्म अर्को वर्षको वैशाख २० गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  १२ : १६ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित