तत्काल मन्त्रिमण्डल हेरफेर हुँदैन–प्रधानमन्त्री | Khabarhub Khabarhub

तत्काल मन्त्रिमण्डल हेरफेर हुँदैन–प्रधानमन्त्री


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डलमा हेरफेरको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुनै योजना नरहेको बताएका हुन् ।

प्रचण्डले पनि मन्त्रिपरिषद् हेरफेर हुने कुरा गर्नुभएको छ, मन्त्रिपरिषद् हेरफेर कहिले गर्नुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने,‘उहाँले यो प्रधानमन्त्रीको कुरा हो, हुनपनि सक्छ भन्नु भएको थियो ।’

यसमा सम्भावना कत्तिको छ ? भन्ने पत्रकारको प्रश्नमा ओलीले भने ‘मैले गरेको बेलामा थाहा पाउनु होला नि छ !’

प्रधानमन्त्री ओलीले पर्यटन मन्त्रालय खाली रहेको अवस्थामा अपूर्णतामा पूर्णता उपयुक्त समयमा हुने बताउँदै मन्त्रिपरिषद् हेरफेरको कुनै योजना नरहेको बताए ।

प्रधानमन्त्री ओलीले विप्लव समूहको नेकपालाई कतौ दर्ता नभएको एउटा झुण्डको संज्ञा दिएका छन् । ‘विप्लव समूह कुनै मान्यताप्राप्त गरेको गैरसरकारी संस्था जस्तो पनि मान्यता नपाएको संस्था जो कतै दर्ता नभएको अनधिकृत संस्था हो । जुन संस्था विधिवत छैन त्यो त्यस्तो झुण्ड हो जसलाई सरकारले चिन्दैन’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले विप्लव समूहले धम्काएर, लुटपाट गरेर उद्यमीहरुलाई, कर्मचारीहरुलाई, जनप्रतिनिधिलाई धम्काएर उत्पात मच्चाएको र मान्छे मारिरहेका कारण विप्लवमाथि प्रतिवन्ध लगाउन आवश्यक परेको बताए ।

आफूलाई लोकतान्त्रिक भन्नेहरुले पनि विप्लवको क्रियाकलापलाई प्रतिवन्ध लगाउँदा रुवाबासी गरेको आरोप प्रधानमन्त्री ओलीको थियो ।

‘सरकार कुनै ठट्टा गरिरहेको छैन’ ओलीले भने,‘संविधान कानून विपरितका विध्वंस, लुटपाटका कुरा गर्न पाइँदैन ।
कसैले रुवावासी गरेपनि सरकारले नियन्त्रण गर्छ ।’

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  १ : १२ बजे

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना