चौथो महिनामा येल्लो भेष्ट प्रदर्शन, पेरिसमा हिंसा चर्कियो « Khabarhub

चौथो महिनामा येल्लो भेष्ट प्रदर्शन, पेरिसमा हिंसा चर्कियो


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्समा येल्लो (पहेँलो) भेष्ट प्रदर्शन चौथो महिनामा प्रवेश गरेसँगै थप हिंसात्मक बनेको छ । पछिल्लो चार महिनायता हरेक शनिबार येल्लो भेष्ट अर्थात् पहेँलो कमिज लगाएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले राजधानी पेरिसका विभिन्न क्षेत्रमा तोडफोड र आगजनी गरेका छन् ।

प्रदर्शनकारीले पेरिसको बैंक टर्नेउडको एक शाखामा आगजनी गरेका बताइएको छ । आगजनीका क्रममा फसेका एक महिला तथा उनको शिशुलाई उद्धारकर्ताले उद्धार गरेका थिए । आगजनीबाट ११ जना सामान्य घाइते भएका छन् ।

त्यसबाहेक प्रदर्शनकारीले फ्रान्सको राष्ट्रपतीय कार्यालय शँलिजी दरबार नजिकै रहेको पसलमा तोडफेड गरेका छन् । प्रदर्शनकारी पेरिसका अन्य स्थानका पसलमा समेत लुटपाट मच्चाएका छन् ।

प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस, पानीको फोहोरा र रबरको गोली चलाएको जनाइएको छ । त्यसबाहेक प्रहरीले २ सय ४० भन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरिएको जनाएको छ ।

राष्ट्रपति इम्मानुएल म्याक्रोंको सरकारले तेल र ग्याँसमा कर बढाउने निर्णय गरेपछि शुरु भएको प्रदर्शन पछिल्ला केही महिनायता आएर सामाजिक र जनजीविकाका विषयमा समेत केन्द्रित हुने गरेको छ । उनीहरुले राष्ट्रपति म्याक्रोंको राजीनामा समेत माग्ने गरेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ३ : २४ बजे

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित