नेपालमा दर्ता नहुने सामाजिक सञ्जाल बन्द गरिने (भिडियो सहित) « Khabarhub

नेपालमा दर्ता नहुने सामाजिक सञ्जाल बन्द गरिने (भिडियो सहित)


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिको विकास र प्रवर्द्धनलाई व्यवस्थित र मर्यादित बनाउदै साईबर सुरक्षा र अपराध नियन्त्रणका लागि सरकारले सूचना प्रविधि विधेयक ल्याएको स्पष्ट पारेका छन् ।

सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा आइतबार संसदिय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री बाँस्कोटाले साइबर सुरक्षासंग जोडर विधेयक ल्याइएको स्पष्ट पारेका हुन् ।

प्रविधिको विकाससँगै विकृति पनि आउने भएकाले त्यसको सही व्यवस्थापन मुख्य चुनौतिको विषय रहेको भन्दै उनले विधेयकबाट कोही पनि डराउनु वा आत्तिनु नपर्ने उल्लेख गरे । उनले विद्युतीय माध्यमबाट हुने अपराधिक गतिविधि नियन्त्रण गर्दै साईबर सुरक्षाको प्रबन्ध गर्नु तथा डिजिटल हस्ताक्षर सम्बन्धी नयाँ व्यवस्था सहितका कयौं राम्रा विषय विधेयकमा समावेश भएको दाबी गरे ।

स्वतन्त्रताको कुरा गर्दा राष्ट्रिय दायित्व र भूमिका बिर्सन नहुने भन्दै उनले नेपालमा दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिने स्पष्ट पारे ।
उनले स्वतन्त्रताको कुरालाई सूचना प्रविधिसंग जोडेर भ्रम फैलाउने काम नगर्न पनि सचेत गराए । सामाजिक सञ्जाल र पत्रकारिताको विषय फरक भएको दुवैले आ–आफ्ना मुल्य मान्यता र मापदण्डभित्र बस्नुपर्ने तर्क गरे ।

विश्वव्यापी संञ्चालनमा आएका सामाजिक सञ्जालका कम्पनीहरु नेपालमा दर्ता नभए के गर्ने भन्ने प्रश्न गर्नुको कुनै अर्थ नरहेको भन्दै उनले स्वतन्त्रताको नाममा कर छल्ने काम गर्न सरकारले नदिने स्पष्ट पारे । कार्यक्रममा विज्ञहरुले विधेयकमा प्राविधिक विषयहरुमा व्याख्या सहित स्पष्ट बनाउन, प्रत्यायोजित अधिकार किटानी गर्न, प्राकृतिक न्यायको सिद्धान्त समावेश गर्न तथा सजाय र कारबाहीको व्यवस्थालाई परिमार्जन गर्न सरकारलाई सुझाव दिएका थिए । सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिले प्रतिनिधिसभाको विषयगत समितिमा विचाराधिन छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : २२ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन