पाकिस्तानको रेलमा आक्रमण, ४ जना मारिए « Khabarhub

पाकिस्तानको रेलमा आक्रमण, ४ जना मारिए


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानको पश्चिमी बलोचिस्तान प्रान्तमा एउटा रेलमा बम विष्फोट हुँदा कम्तीमा ४ जनाको ज्यान गएको छ । बलोचिस्तानको डेरा मुराद जमिल क्षेत्रमा लिकमा राखिएको बम विष्फोट भएको हो ।

आक्रमणमा मारिनेमा एक महिला तथा उनकी एकजना छोरीसमेत रहेको अधिकारीले जनाएका छन् । आक्रमणमा अरु ६ जना घाइते भएका छन् । आक्रमणकारीले रेलको लिकमा बम राखेको र बम राखिएको स्थान माथिबाट रेल गुड्नेबेला विष्फोट भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमण भएको रेल पाकिस्तानको रावलपिण्डीबाट बलोचिस्तानको राजधानी क्वेट्टा शहर जाँदै गरेको जाफर एक्सप्रेस रहेको बताइएको छ ।
विष्फोटनको चपेटामा परेको रेलको एक भागमा क्षति पुगेको छ ।

आक्रमणको तत्काल जिम्मा कसैले लिएको छैन । यद्यपि बलोचिस्तानमा पृथकतावादी लडाकुहरुले त्यहाँ बेलाबेला सैनिक तथा गैरसैनिक निशानालाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

प्राकृतिक श्रोत साधनमा निकै धनी मानिने बलोचिस्तानमा पाकिस्तानले अत्यधिक शोषण गरिरहेको भन्दै त्यहाँ पृथकतावादी आन्दोलन चर्किँदै आएको छ । पाकिस्तानले बलोचिस्तानमा हुने पृथकतावादी गतिविधिमा भारतको हात रहेको आरोप लगाउँदै आएकोमा भारतले भने त्यसको खण्डन गर्ने गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : २९ बजे

देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने

गण्डकी– जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक

जितेन्द्र श्रेष्ठको ‘परदेशीको देउसी भैलो’ सार्वजनिक, आम्दानी बाढीपीडितलाई दिइने

काठमाडाैँ – रोजगारी तथा अवसरका लागि विदेशमा रहेका नेपालीले चाडपर्वका

नजिबको जरिवाना तिरिएपछि नजरबन्दको बाटो खुल्ने

क्वालालम्पुर- मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई नजरबन्दमा बाँकी जेल सजाय भुक्तान

टिकटकले सुरु गर्‍यो ‘भिजिट नेपाल’ अभियान

काठमाडौं– नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले भिजिट नेपाल अभियान सुरु

संविधानको जिम्मेवारी पालना गर्न प्रतिबद्ध छु : प्रस्तावित न्यायाधीश वाग्चन्द

काठमाडौं– सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा रत्नबहादुर वाग्चन्दले संविधानले