नेपालको प्रेस स्वतन्त्रताबारे अमेरिकी प्रतिवेदन: राष्ट्रपति भवनमा बन्देजदेखि कार्यक्रम प्रस्तोताको बर्खास्तीसम्म « Khabarhub

नेपालको प्रेस स्वतन्त्रताबारे अमेरिकी प्रतिवेदन: राष्ट्रपति भवनमा बन्देजदेखि कार्यक्रम प्रस्तोताको बर्खास्तीसम्म


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले नेपालमा अभ्यास हुँदै आएको प्रेस स्वतन्त्रताका विषयमा चासो व्यक्त गरेको छ । अमेरिकाको विदेश मन्त्रालयको लोकतन्त्र, मानव अधिकार तथा श्रम व्यूरोले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा नेपालको प्रेस स्वतन्त्रतामा हनन भएका विषयहरु समेटिएका छन् ।

अमेरिकाकी विदेश मन्त्रालयको लोकतन्त्र, मानव अधिकार तथा श्रम व्यूरोले सार्वजनिक गरेको ‘कन्ट्री रिपोर्ट्स अन ह्युमन राइट्स प्राक्टिसस २०१८’ नामक ३५ पृष्ठ लामो प्रतिवेदनमा दोश्रो बुँदामा प्रेस स्वतन्त्रताको विषयलाई उल्लेख गरिएको छ ।

प्रतिवेदनमा नेपालको संविधान तथा कानूनले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रताको ग्यारेन्टी गरेपनि सरकारको आलोचना गर्ने पत्रकार तथा समाचार संस्थाहरुलाई सरकारले बन्देज गरेको पत्रकार, गैरसरकारी संस्था तथा राजनीतिक अभियानकर्मीहरुले बताउने गरेको उल्लेख छ ।

नेपालमा हालै जारी भएको अपराध संहिता, देवानी संहिता तथा गोपनियता सम्बन्धी ऐनले सार्वजनिक व्यक्तित्वबारे रिपोर्टिङ गर्नेजस्ता सञ्चारमाध्यमका सामान्य गतिविधिलाई समेत अपराधीकरण गरेको र यसबाट सञ्चारमाध्यमले गर्ने ‘सेल्फ सेन्सरसिप’मा समेत बृद्धि भएको उल्लेख छ ।

प्रतिवेदनमा केही पत्रकार तथा सम्पादकहरुले प्रहरीबाट धम्की र त्रास पनि खेपेको समेत जनाइएको छ । नेपाल सरकारले केही समय अघि नियुक्त गरेका ७ प्रदेशका गर्भनरहरुको राष्ट्रपति भवनमा आयोजित सपथ ग्रहण कार्यक्रममा निजी सञ्चारमाध्यमलाई समाचार संकलन गर्न बन्देज लगाइएको विषयलाई प्रतिवेदनमा समेटिएको छ ।

प्रतिवेदनमा केही समयअघि एक टेलिभिजन प्रस्तोताले अन्तरवार्ताकै क्रममा सञ्चारमन्त्री गोकुल बास्कोटालाई सम्पत्ति विवरणबारे जानकारी मागेपछि उनलाई कार्यक्रमबाटै बर्खास्त गरिएको विषय समेत उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ७ : १७ बजे

महिला महामन्त्रीमा डिला संग्रौला र डिना उपाध्यायको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष