राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक संविधान विपरित: कांग्रेस (विज्ञप्ति सहित) « Khabarhub

राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक संविधान विपरित: कांग्रेस (विज्ञप्ति सहित)


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीलाई सेना परिचालनको अधिकार समेत दिने गरी सरकारले संसदमा दर्ता गरेको राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ संविधानविपरित भएको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसले विरोध गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा संविधानको धारा २६७ को उपधारा ६ विपरित सरकारले विधेयक संसदमा दर्ता गराएको भन्दै सच्याउन सरकारसँग माग समेत गरेको छ ।

काँग्रेसले सुरक्षा परिषद्को सिफारिशमा सरकारको निर्णयअनुसार राष्ट्रपतिले सेना परिचालन गर्ने संवैधानिक व्यवस्थाविपरित विधेयक ल्याएको भन्दै सेना परिचालनको अधिकार प्रधानमन्त्रीमा निहित गराउने प्रस्ताव ल्याउने कामले सरकारको अधिनायक बन्ने आकांक्षालाई थप पुष्टि गरेको निष्कर्ष निकालेको छ ।

विधेयकमा व्यवस्था गरिएको सुरक्षा परिषद्को बैठक नबसी सेना परिचालन गर्न मिल्ने व्यवस्था गरिनु नेपाली सेनाको नेतृत्वलाई सरिक नगराई सेना प्रयोगको गम्भीर मोडमा पुग्ने प्रपञ्चका रुपमा समेत लिएको काँग्रेसले जनाएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ७ : ५३ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले