मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुदः आयोजक सुदुरपश्चिम च्याम्पियन « Khabarhub

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुदः आयोजक सुदुरपश्चिम च्याम्पियन


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा आयोजक सुदुरपश्चिम प्रदेश च्याम्पियन भएको छ । ७ स्वर्ण ७ रजत र १० कास्य पदकका लागि भएको प्रतिस्पर्धामा तीन स्वर्ण जित्दै सुदुरपश्चिमले पहिलो बन्न सफल भएको हो ।

आयोजक सुपले तीन स्वर्ण एक रजत र ३ कास्य सहित ७ पदक हात पारेको हो । यसैगरी दोस्रो स्थान हात पार्न सफल भएको प्रदेश नम्बर १ ले एक स्वर्ण, तीन कास्य र दुई रजतसहित ६ पदक हात पार्यो ।

प्रदेश नम्बर–५ एक स्वर्ण दुई रजत जित्दै तेस्रो स्थान हात पार्न सफल भयो । प्रथम भएको सुदुरपश्चिमले नगद १५ लाख, दोस्रो भएको प्रदेश १ ले नगद ८ लाख र तेस्रो भएको प्रदेश ५ ले नगद ५ लाख सहित ट्रफी प्राप्त गरेका छन् ।

प्रदेश नम्बर २ र प्रदेश नम्बर ३ एक स्वर्ण एक रजत पदक सहित संयुक्त रुपमा चौथो भए । गण्डकी प्रदेश ३ रजत सहित पाँचौ हुँदा कर्णाली एक रजत सहित छैटौं भयो ।

पुरुष फुटबलमा प्रदेश नम्बर १ लाई ३–१ ले हराउँदै सुदुरपश्चिमले स्वर्ण जित्यो । प्रदेश १ ले रजत पाउँदा प्रदेश २ ले कर्णाली प्रदेशलाई ४–० ले हराउँदै कास्य पदक पायो । महिला क्रिकेटमा पनि प्रदेश १ लाई हराउँदै सुदुरपश्चिमले स्वर्ण जित्यो ।

प्रदेश १ ले कास्य पाउँदा प्रदेश ३ लाई हराउँदै प्रदेश ५ ले रजत जित्यो । पुरुष क्रिकेटमा प्रदेश २ ले गण्डकी प्रदेशलाई हराउँदै स्वर्ण जित्यो । गण्डकीले रजत पाउँदा प्रदेश १ ले सुदुरपश्चिमलाई हराउँदै कास्य पदक प्राप्त गर्यो ।

महिला भलिबलमा प्रदेश ३ ले स्वर्ण जित्दा गण्डकी प्रदेशले रजत पायो । प्रदेश ५ ले कास्य पदक प्राप्त ग¥यो । पुरुष भलिबलमा प्रदेश ५ ले स्वर्ण जित्यो । गण्डकी प्रदेशले रजत पाउँदा प्रदेश १ तेस्रो भयो ।

व्याटमिन्टन तर्फ यु–१७ र यु–१९ का महिला पुरुषका ईभेन्ट भए पनि पदक तालिकामा यु–१९ को मात्रै राख्ने सहमति भएकोमा यु–१९ पुरुषतर्फ सुदुरपश्चिमका देवराज रानाले स्वर्ण जिते ।

प्रदेश १ का प्रनिस ठकुरीले रजत तथा सुदुरपश्चिम प्रदेशका अमृत चौधरी र योगेश खड्काले कास्य पदक पाए । यु–१९ महिला तर्फ प्रदेश १ की नीता लम्साले स्वर्ण सुदूरपश्चिमकी निलिमा महराले रजत तथा सुदुरपश्चिमकी विष्ण विष्ट र कर्णाली प्रदेशकी सामना भट्टराईले कास्य पदक जितिन् ।

यु–१७ पुरुषतर्फ जेवी सावँद प्रथम रोशन सावद तेस्रो तथा प्रदेश १ पेम्बा शेर्पा र सुपका प्रियान्सु खत्री तेस्रो भए । यु–१७ महिला तर्फ प्रदेश १ की सीमा राजवंशी प्रथम, प्रदेश १ कै अन्जना राई दोस्रो तथा प्रदेश ५ की कृष्णा बज्राचार्य र सुपकी एलिसा तिरुवा तेस्रो भइन् ।

सुदुरपश्चिम सरकारको आयोजनामा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता आयोजना गरिएको थियो । ७ वटै प्रदेशका खेलाडी, सफिसियल र प्रशिक्षक गरी झण्डै साढे छ सयको सहभागिता रहेको प्रतियोगितामा भलिबल, क्रिकेट र ब्याटमिन्टनका खेल महिला र पुरुष तर्फका खेल आयोजना गरिएका थिए । फुटबल खेल भने पुरुष तर्फ मात्रै गरिएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ८ : ३२ बजे

हिजबुल्लाहको आरोप : इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गर्‍यो

बेरुत– हिजबुल्लाहले इजरायलले युद्धविराम सम्झौताको बारम्बार उल्लङ्घन गरेको आरोप लगाउँदै त्यस्ता

भूकम्पपीडित भेनेजुएलालाई चीनको १० करोड युआन आपतकालीन सहायता

बेइजिङ- शक्तिशाली भूकम्पबाट ठूलो जनधनको क्षति व्यहोरेको भेनेजुएलाका लागि चीनले १०

वार्षिक साढे ५ करोड मानिस ओहोरदोहोर गर्ने चीनको विमानस्थल (तस्बिरहरू) 

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले वि.सं. २०७६ मा उद्घाटन गरेको

अस्पताल भवन निर्माण अलपत्र

खोटाङ– ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने