मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुदः आयोजक सुदुरपश्चिम च्याम्पियन | Khabarhub Khabarhub

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुदः आयोजक सुदुरपश्चिम च्याम्पियन


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा आयोजक सुदुरपश्चिम प्रदेश च्याम्पियन भएको छ । ७ स्वर्ण ७ रजत र १० कास्य पदकका लागि भएको प्रतिस्पर्धामा तीन स्वर्ण जित्दै सुदुरपश्चिमले पहिलो बन्न सफल भएको हो ।

आयोजक सुपले तीन स्वर्ण एक रजत र ३ कास्य सहित ७ पदक हात पारेको हो । यसैगरी दोस्रो स्थान हात पार्न सफल भएको प्रदेश नम्बर १ ले एक स्वर्ण, तीन कास्य र दुई रजतसहित ६ पदक हात पार्यो ।

प्रदेश नम्बर–५ एक स्वर्ण दुई रजत जित्दै तेस्रो स्थान हात पार्न सफल भयो । प्रथम भएको सुदुरपश्चिमले नगद १५ लाख, दोस्रो भएको प्रदेश १ ले नगद ८ लाख र तेस्रो भएको प्रदेश ५ ले नगद ५ लाख सहित ट्रफी प्राप्त गरेका छन् ।

प्रदेश नम्बर २ र प्रदेश नम्बर ३ एक स्वर्ण एक रजत पदक सहित संयुक्त रुपमा चौथो भए । गण्डकी प्रदेश ३ रजत सहित पाँचौ हुँदा कर्णाली एक रजत सहित छैटौं भयो ।

पुरुष फुटबलमा प्रदेश नम्बर १ लाई ३–१ ले हराउँदै सुदुरपश्चिमले स्वर्ण जित्यो । प्रदेश १ ले रजत पाउँदा प्रदेश २ ले कर्णाली प्रदेशलाई ४–० ले हराउँदै कास्य पदक पायो । महिला क्रिकेटमा पनि प्रदेश १ लाई हराउँदै सुदुरपश्चिमले स्वर्ण जित्यो ।

प्रदेश १ ले कास्य पाउँदा प्रदेश ३ लाई हराउँदै प्रदेश ५ ले रजत जित्यो । पुरुष क्रिकेटमा प्रदेश २ ले गण्डकी प्रदेशलाई हराउँदै स्वर्ण जित्यो । गण्डकीले रजत पाउँदा प्रदेश १ ले सुदुरपश्चिमलाई हराउँदै कास्य पदक प्राप्त गर्यो ।

महिला भलिबलमा प्रदेश ३ ले स्वर्ण जित्दा गण्डकी प्रदेशले रजत पायो । प्रदेश ५ ले कास्य पदक प्राप्त ग¥यो । पुरुष भलिबलमा प्रदेश ५ ले स्वर्ण जित्यो । गण्डकी प्रदेशले रजत पाउँदा प्रदेश १ तेस्रो भयो ।

व्याटमिन्टन तर्फ यु–१७ र यु–१९ का महिला पुरुषका ईभेन्ट भए पनि पदक तालिकामा यु–१९ को मात्रै राख्ने सहमति भएकोमा यु–१९ पुरुषतर्फ सुदुरपश्चिमका देवराज रानाले स्वर्ण जिते ।

प्रदेश १ का प्रनिस ठकुरीले रजत तथा सुदुरपश्चिम प्रदेशका अमृत चौधरी र योगेश खड्काले कास्य पदक पाए । यु–१९ महिला तर्फ प्रदेश १ की नीता लम्साले स्वर्ण सुदूरपश्चिमकी निलिमा महराले रजत तथा सुदुरपश्चिमकी विष्ण विष्ट र कर्णाली प्रदेशकी सामना भट्टराईले कास्य पदक जितिन् ।

यु–१७ पुरुषतर्फ जेवी सावँद प्रथम रोशन सावद तेस्रो तथा प्रदेश १ पेम्बा शेर्पा र सुपका प्रियान्सु खत्री तेस्रो भए । यु–१७ महिला तर्फ प्रदेश १ की सीमा राजवंशी प्रथम, प्रदेश १ कै अन्जना राई दोस्रो तथा प्रदेश ५ की कृष्णा बज्राचार्य र सुपकी एलिसा तिरुवा तेस्रो भइन् ।

सुदुरपश्चिम सरकारको आयोजनामा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता आयोजना गरिएको थियो । ७ वटै प्रदेशका खेलाडी, सफिसियल र प्रशिक्षक गरी झण्डै साढे छ सयको सहभागिता रहेको प्रतियोगितामा भलिबल, क्रिकेट र ब्याटमिन्टनका खेल महिला र पुरुष तर्फका खेल आयोजना गरिएका थिए । फुटबल खेल भने पुरुष तर्फ मात्रै गरिएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ८ : ३२ बजे

अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य आवश्यक : अध्यक्ष मल्ल

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको

नेपाल बैंक र एक्जिम बैंकबीच आयात निर्यात व्यापार सम्झौता

काठमाडौं – नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच आयात

‘द आर्चिज’बाट को–कस्ले गर्दैछन् डेब्यु ?

काठमाडौं – द आर्चिजबाट कयौँ स्टार किड्ज आफ्नो एक्टिङ डेब्यु

एनसेलको खरिदबिक्री छानबिन गर्न समिति गठन हुने

काठमाडौं – एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे विस्तृत छानबिन गर्न समिति

‘एनिमल’ले शाहरुखको ‘पठान’लाई उछिन्यो

काठमाडौं – रणवीर कपुर स्टारर ‘एनिमल’ले प्रदर्शनको तीन दिनमा भारतीय