रियाद र अबुधाबीमा आक्रमण गर्ने हुथी लडाकुको चेतावनी « Khabarhub

रियाद र अबुधाबीमा आक्रमण गर्ने हुथी लडाकुको चेतावनी


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यमन– यमनमा सक्रिय हुथी शिया लडाकु समूहले साउदी अरब नेतृत्वको गठबन्धनले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविराम सम्झौता उल्लङ्घन गरे साउदी अरबको राजधानी रियाद र युनाइटेड अरब इमिरेट्सको राजधानी अबुधाबीसम्म आक्रमण गर्नसक्ने चेतावनी दिएको छ ।

हुथी विद्रोही लडाकुले लाल सागरको तटमा रहेको यमनी शहर होदाइदामा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविराम सम्झौता साउदी अरब नेतृत्वको गठबन्धनले उल्लङ्घन गरेमा रियाद र अबुधाबीसम्म आक्रमण गर्ने चेतावनी दिएको हो ।

साउदी अरब नेतृत्वको गठबन्धनले युद्धविराम सम्झौताको उल्लङ्घन गर्दै होदाइदा बन्दरगाहमा सैनिक आक्रमण गर्ने सूचना आएकाले त्यस्तो दुस्साहस नगर्न हुथी विद्रोहीले चेतावनी दिएको हो ।

हुथी विद्रोहीले सञ्चालन गरेको साबा समाचार संस्थाले जनाएअनुसार समूहसँग लामो दुरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्रको भण्डार रहेको तथा अझ नयाँ क्षेप्यास्त्रहरुको विकास गरिरहेकाले आफूहरुलाई रियाद र अबुधाबीसम्म आक्रमण गर्न असम्भव नरहेको जनाएको हो ।

गत डिसेम्बरमा स्वीडेनको राजधानी स्टकहोल्ममा साउदी अरब नेतृत्वको गठबन्धन तथा हुथी लडाकुका प्रतिनिधिबीच संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविराम सम्झौतामा लाल सागरको तटमा रहेको होदाइदा बन्दरगाहमा हिंसा बन्द गर्ने सहमति बनेको थियो ।

यद्यपि त्यहाँ हिंसा अझै नरोकिएको बताइएको छ । युद्धविराम सम्झौता पूर्ण रुपमा लागू हुन नसक्नुमा साउदी अरब नेतृत्वको गठबन्धन तथा हुथी विद्रोही एकले अर्कालाई दोषरोपण गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ८ : ४२ बजे

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी