ट्रकको ठक्करबाट एकको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट एकको मृत्यु


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- सवारी दुर्घटनामा परी भक्तपुरमा एक पैदलयात्रुको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा५ख ३८३९ नंको निशान ट्रकले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट रामेछाप सुनपाती गाउँपालिका–३ घर भई हाल भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तानको गए राति मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

ट्रकले पैदलयात्रु मोक्तानलाई हिजो राति ७ बजे दिएको ठक्करबाट घाइते मोक्तानको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

प्रहरीले ठक्कर दिने ट्रक र चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल भक्तपुर १० कमलविनायक बस्ने ३१ वर्षीय राजु नेपालीलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ७ : ४७ बजे

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ– मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

दबाब र देशभक्तिको द्वन्द्व: अस्ट्रेलियामा शरण लिने निर्णय रद्द गरेर स्वदेश फर्कँदै इरानी फुटबलर

काठमाडौँ – अस्ट्रेलियामा बस्नका लागि मानवीय भिसा पाएका इरानी महिला

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित

काठमाडौँ – प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित भएको छ