आज संसदीय सुनुवाइ, दिनेश थपलियाको सुनुवाइ हुने « Khabarhub

आज संसदीय सुनुवाइ, दिनेश थपलियाको सुनुवाइ हुने


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलियाको सुनुवाइ गर्न आज (बुधबार) संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दैछ । समितिले हिजो (मंगलबार) बसेको बैठकले प्रमुख निर्वाचन आयोगको प्रमुख आयुक्तका लागि बुधबार र न्यायाधीशमाथिको सुनुवाइ बिहीबार गर्ने निर्णय गरेको थियो ।

निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस थपलियाविरुद्ध ६ वटा उजुरी परेको छ । काठमाडौं क्षेत्र ४ (क) बाट निर्वाचित प्रदेश सांसद नरोत्तम वैद्य, उपसचिव ईश्वरप्रसाद पोखरेल, नासु सूर्यप्रसाद ओझालगायतले लिखित उजुरी दिएका छन् । वैद्यले कर्मचारीलाई संवैधानिक आयोगमा ल्याउँदा गलत नजिर बस्ने उल्लेख गरेका छन् ।

त्यस्तै उपसचिव पोखरेलले कर्मचारी समायोजनका विषयमा विवादित निर्णय गरेको आरोप लगाएका छन् । संवैधानिक परिषदको गत चैत ११ गते बसेको बैठकले थपलियालाई आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ९ : २६ बजे

इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही गरिने

कालीकोट– जिल्ला प्रशासन कार्यालय कालीकाटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ– गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ– मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।