पराजित भएपछि युनाइटेडका प्रशिक्षकले भने– मेस्सी छुट्टै क्षमताका खेलाडी हुन् « Khabarhub

पराजित भएपछि युनाइटेडका प्रशिक्षकले भने– मेस्सी छुट्टै क्षमताका खेलाडी हुन्


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – च्याम्पियन्स लिग फुटबल अन्तरगत क्वाटरफाइनलको दोस्रो लेगमा पराजित भएको म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले आफ्नो टिम बार्सिलोनाको स्तरमा पुग्न चाहेको बताएका छन् ।

कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि सहज जीतको अवस्थामा पुगेको बार्सिलोनाले युनाइटेडलाई ३—० गोल अन्तरले पराजित गरेको थियो । पहिलो र दोस्रो लेगमा गरी युनाइटेड बार्सिलोनासँग ४—० गोल अन्तरले पराजित भएको छ ।

‘यदी तपाई म्यान्चेस्टर युनाइटेडको विगत हेर्नुहुन्छ भने यसको परम्परालाई हेर्न सक्नुहुन्छ । त्यो स्तरको खेल खेल्न सक्यौं भने हामी पक्कै पनि बार्सिलोनालाई चुनौती दिन सक्थ्यौं,’ सोल्सायरले भने,‘त्यस्तो अवस्थामा हामी दुवै खेलमा अगाडि हुनेथियौं ।’

मेस्सीले पहिलो हाफमा ४ मिनेटको अन्तरमा दुई गोल गरेका थिए । उनले खेलको १६ औं र २० औं मिनेटमा गोल गरेका थिए भने फिलिपे कोन्टिन्होले खेलको ६१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३—० को फराकिलो जीत दिलाए ।

युनाइटेडले भने खेलका दौरान आफ्नो विपक्षीविरुद्ध निकै संघर्ष गर्नु परेको थियो । युनाइटेडले च्याम्पियन्स लिगका दुई लेगमा जम्मा तीन सर्ट मात्रै सटअन टार्गेटमा प्रहार गरेको थियो ।

‘मैले मेस्सी शीर्ष खेलाडी हुन् भनेको थिए । उनीसँग क्षमता छ । जुन कुरा उनले ४ मिनेट भित्र दुई गोल गरेर देखाइसकेका छन् । उनको दुई गोलसँगै खेल बार्सिलोनाको हात लागिसकेको थियो,’ सोल्सायरले भने,‘उनी छुट्टै क्षमताका खेलाडी हुन् । उनी र क्रिष्टियानो रोनाल्डो दुवै पछिल्लो दशकका उत्कृष्ट खेलाडी हुन् । यो विषय सबैले स्वीकार्दै आएका छन् । मेस्सीले आफ्नो क्षमता देखाए ।’

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ११ : २३ बजे

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।

म्याग्दीको हिदी–मालिका सडक आयोजना सुरु

म्याग्दी– मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी

उपराष्ट्रपति यादवबाट ‘ईद उल फित्र’ को शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा

‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा. पन्तलाई

वीरगञ्ज– २०८२ सालको ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा.