नोट्र डाम गिर्जाघरलाई अझ सुन्दर बनाइने फ्रान्सेली राष्ट्रपतिको घोषणा « Khabarhub

नोट्र डाम गिर्जाघरलाई अझ सुन्दर बनाइने फ्रान्सेली राष्ट्रपतिको घोषणा


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रेन्च राष्ट्रपति इम्मानुएल म्याक्रोंले हालै आगलागीबाट क्षति पुगेको ऐतिहासिक नोट्र डाम गिर्जाघरलाई अझ सुन्दर शैलीमा जीर्णेद्धार गरिने घोषणा गरेका छन् ।

राष्ट्रपति म्याक्रोंले प्रत्यक्ष टेलिभिजन सम्बोधनमार्फत् आगलागी भएको गिर्जाघरलाई अझ सुन्दर शैलीमा जीर्णेद्धार गरिने घोषणा गरेका हुन् ।

उनले ऐतिहासिक गिर्जाघर जीर्णेद्धारका लागि सरकार प्रतिबद्ध रहेको र त्यसका लागि ५ वर्षको समय लाग्न सक्ने जनाएका हुन् । यसक्रममा कुनै पनि राजनीतिक चलखेल हुन नहुने समेत राष्ट्रपति म्याक्रोंको भनाइ छ ।

उनले यो विपद्को समयमा फ्रान्सका सबै जनतालाई एकजुट हुन समेत आह्वान गरे । उनले गत सोमबार आगलागी भई क्षति भएको गिर्जाघरको भ्रमण गरी त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए ।

नोट्र डाम गिर्जाघर पुननिर्माणका लागि फ्रान्सका धनाढ्यहरुले ठूलो रकम दिने समेत प्रतिवद्धता जाहेर गरिसकेका छन् ।

गत सोमबार बेलुकी फ्रान्सको राजधानी पेरिसमा रहेको ऐतिहासिक नोट्र डाम गिर्जाघरमा एक्कासी आगलागी भएको थियो । आगलागीपछि गिर्जाघरको संरचनामा ठूलो क्षति पुगे पनि पूर्णरुपमा ध्वस्त भने नभएको बताइएको छ ।

आगलागीको कारणबारे भने केही खुलाइएको छैन ।

१२ औँ शताब्दीमा गोथिक शैलीमा निर्माण भएको गिर्जाघर ऐतिहासिक तथा धार्मिक हिसाबमा निकै प्रतिष्ठित मानिन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १२ : ०३ बजे

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा