नोट्र डाम गिर्जाघरलाई अझ सुन्दर बनाइने फ्रान्सेली राष्ट्रपतिको घोषणा | Khabarhub Khabarhub

नोट्र डाम गिर्जाघरलाई अझ सुन्दर बनाइने फ्रान्सेली राष्ट्रपतिको घोषणा


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रेन्च राष्ट्रपति इम्मानुएल म्याक्रोंले हालै आगलागीबाट क्षति पुगेको ऐतिहासिक नोट्र डाम गिर्जाघरलाई अझ सुन्दर शैलीमा जीर्णेद्धार गरिने घोषणा गरेका छन् ।

राष्ट्रपति म्याक्रोंले प्रत्यक्ष टेलिभिजन सम्बोधनमार्फत् आगलागी भएको गिर्जाघरलाई अझ सुन्दर शैलीमा जीर्णेद्धार गरिने घोषणा गरेका हुन् ।

उनले ऐतिहासिक गिर्जाघर जीर्णेद्धारका लागि सरकार प्रतिबद्ध रहेको र त्यसका लागि ५ वर्षको समय लाग्न सक्ने जनाएका हुन् । यसक्रममा कुनै पनि राजनीतिक चलखेल हुन नहुने समेत राष्ट्रपति म्याक्रोंको भनाइ छ ।

उनले यो विपद्को समयमा फ्रान्सका सबै जनतालाई एकजुट हुन समेत आह्वान गरे । उनले गत सोमबार आगलागी भई क्षति भएको गिर्जाघरको भ्रमण गरी त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए ।

नोट्र डाम गिर्जाघर पुननिर्माणका लागि फ्रान्सका धनाढ्यहरुले ठूलो रकम दिने समेत प्रतिवद्धता जाहेर गरिसकेका छन् ।

गत सोमबार बेलुकी फ्रान्सको राजधानी पेरिसमा रहेको ऐतिहासिक नोट्र डाम गिर्जाघरमा एक्कासी आगलागी भएको थियो । आगलागीपछि गिर्जाघरको संरचनामा ठूलो क्षति पुगे पनि पूर्णरुपमा ध्वस्त भने नभएको बताइएको छ ।

आगलागीको कारणबारे भने केही खुलाइएको छैन ।

१२ औँ शताब्दीमा गोथिक शैलीमा निर्माण भएको गिर्जाघर ऐतिहासिक तथा धार्मिक हिसाबमा निकै प्रतिष्ठित मानिन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १२ : ०३ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’