शक्ति, सुरक्षा र विकासका लागि चाहिने पोषक तत्व « Khabarhub

शक्ति, सुरक्षा र विकासका लागि चाहिने पोषक तत्व


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानिसको शरीरलाई धेरै प्रकारका पोषक तत्वहरुको आवश्यकता पर्छ । शरीरलाई शक्ति प्रदान गर्न, शारीरिक वृद्धि विकास गर्न र रोगविरुद्ध लड्ने क्षमता वृद्धि गर्नका लागि पोषक तत्वहरुको चाहिन्छ । शरीरका लागि चाहिने पोषक तत्व प्राप्त गर्न हामीले खानेकुराहरु खानुपर्छ । प्राकृतिक खाद्यपदार्थहरुमा एकभन्दा बढी प्रकारका पोषक तत्वहरु पाइन्छ ।

शरीरलाई धेरै मात्रामा आवश्यक पर्ने र थोरै मात्राका आवश्यक पर्ने दुई किसिमका पोषक तत्व हामीलाई आवश्यक पर्छ ।  शरीरलाई धेरै मात्राका आवश्यक पर्ने पोषक तत्वमा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ हुन् भने शरीरलाई थोरै मात्रामा चाहिने पोषक तत्व भिटामिन र खनिज पदार्थ हुन् । यी पोषक तत्वहरु हामीले दैनिक खाने खानाबाट प्राप्त हुन्छ । खानामा यी तत्वहरुको कमी भएमा कुपोषण हुने र बढी भएका स्वास्थ्य समस्या देखिन्छ ।

नेपालमा पाँच वर्षमुनिका बालकबालिकाहरुमा कुपोषणको समस्या अझैपनि छ । कुपोषित भएका बालबालिकाहरुको शरीरमा रोग विरुद्ध लड्ने क्षमता कम हुने भएकाले विभिन्न संक्रमण हुने सम्भावना बढी हुन्छ । कुपोषित भएका बालबालिकाहरु होचा, पुड्का र मानसिक रुपमा कमजोर हुन्छन् । बालबालिकालाई कुपोषण हुन नदिन जन्मेदेखि नै पोषिलो खानामा ध्यान दिनुपर्छ । शिशू जन्मिएपछि सुरुमा आउने आमाको पहेँलो बाक्लो दूध पोषण तत्व हो । शिशू जन्मिएपछि आमाको बिगौती दूध शिशूलाई खुवाउनुपर्छ ।

शक्ति दिने पोषक तत्व
शरीरले शक्ति पाउनको लागि कार्बोहाइड्रेट र चिल्ल्लो पदार्थ आवश्यक पर्छ । यी पदार्थ गहुँ, मकै, धान, मह, सखरखन्ड, केरा, तेल, बदामको तेल, कोदो, फापर, आलु, उखुलगायतका कृषिजन्य स्रोतहरुबाट प्राप्त गर्न सकिन्छ । यस्तै नौनी, घ्यू, बोसो, चिनी सखर,मिठाई खादा पनि शरीरलाई शक्ति प्राप्त हुन्छ ।

वृद्धि विकास गर्ने पोषक तत्व
शरीरको वृद्धि विकासका लागि प्रोटिन भएको खाना आवश्यक पर्छ । गेडागुडी, दाल, सिमी, बदाम,केराउ,मास,भटसमा गहत तथा दूध, दही, चिज, माछा, अन्डा, मासु, पशुको कलेजको,मिर्गौला र रगतमा पनि पोषक तत्व पाइन्छ ।

सुरक्षा प्रदान गर्ने पोषक तत्व
शरीरलाई सुरक्षा प्रदान गर्न तथा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न भिटामिन र खनिज पदार्थको आवश्यकता पर्छ । शरीरका लागि हरिया सागपात, तरकारी टुसा उमारेका गेडागुडी र फलफूल, माछा मासु अन्डा आदिमा भिटामिन पाइन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १२ : २९ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका