बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन « Khabarhub

बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत श्रेष्ठको आज (बुधबार) निधन भएको हो ।

झण्डै पाँच महिना अघि नाकमा समस्या आएपछि श्रेष्ठको बल्खुस्थित बयोधा अस्पतालमा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यसपछि पनि स्वास्थ्यमा उल्लेख्य सुधार नआएपछि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।

केही दिनको उपचारका क्रममा चिकित्सकहरुले श्रेष्ठलाई Guillain-Barre syndrome (GBS) virus को संक्रमण भएको आशंका गरेका कारण थप उपचारका निम्ति नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गरेको थियो । मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेर भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याएको थियो ।

काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेरापीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेरापीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो ।

यसरी उनको नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि उनमा गम्भीर स्वास्थ्य समस्या देखा परेपछि पुनः नेपाल मेडिसिटी अस्पताल लगि सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । सघन उपचार कक्षमा उपचार हुँदै आए पनि उनको स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्था पुगेपछि फेरि नर्भिक लगिएको थियो ।

नर्भिकमै उपचारका क्रममा श्रेष्ठको निधन भएको हो । श्रेष्ठ नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक थिए । स्वर्गीय श्रेष्ठको पार्थिव शरीर आज दिउँसो ३ बजेसम्म भूगोलपार्कमा राखिने छ । उनको पार्थिव शरीर दिउँसो ४ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि लगिने परिवार स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १२ : ४४ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने