बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन « Khabarhub

बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत श्रेष्ठको आज (बुधबार) निधन भएको हो ।

झण्डै पाँच महिना अघि नाकमा समस्या आएपछि श्रेष्ठको बल्खुस्थित बयोधा अस्पतालमा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यसपछि पनि स्वास्थ्यमा उल्लेख्य सुधार नआएपछि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।

केही दिनको उपचारका क्रममा चिकित्सकहरुले श्रेष्ठलाई Guillain-Barre syndrome (GBS) virus को संक्रमण भएको आशंका गरेका कारण थप उपचारका निम्ति नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गरेको थियो । मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेर भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याएको थियो ।

काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेरापीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेरापीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो ।

यसरी उनको नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि उनमा गम्भीर स्वास्थ्य समस्या देखा परेपछि पुनः नेपाल मेडिसिटी अस्पताल लगि सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । सघन उपचार कक्षमा उपचार हुँदै आए पनि उनको स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्था पुगेपछि फेरि नर्भिक लगिएको थियो ।

नर्भिकमै उपचारका क्रममा श्रेष्ठको निधन भएको हो । श्रेष्ठ नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक थिए । स्वर्गीय श्रेष्ठको पार्थिव शरीर आज दिउँसो ३ बजेसम्म भूगोलपार्कमा राखिने छ । उनको पार्थिव शरीर दिउँसो ४ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि लगिने परिवार स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १२ : ४४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल