लिबियाको राजधानी त्रिपोलीमा गोलाबारी, ४ जनाको मृत्यु « Khabarhub

लिबियाको राजधानी त्रिपोलीमा गोलाबारी, ४ जनाको मृत्यु


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिपोली– लिबियाको राजधानी त्रिपोलीमा गोलाबारीमा परी ४ जनाको ज्यान गएको छ । हाल खलिफ हफ्तारको नेतृत्वमा रहेको लिबियाली सेनाले अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको नियन्त्रणमा रहेको राजधानी कब्जा गर्नका लागि सैनिक अभियान शुरु गरेपछि त्यहाँ गोलाबारी भएको हो ।

त्रिपोलीको दक्षिणी भेगमा रहेको अबु सलिम भन्ने क्षेत्रमा भएको गोलाबारीमा अरु २० जनाभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, गोलाबारीमा कुन समूहको संलग्नता छ भन्ने स्पष्ट भइनसकेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लिबियाको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारले लिबियाली सेनामाथि गोलाबारीको दोष लगाएको छ भने सेनाले भने गोलाबारीमा आफ्नो संलग्नता नरहेको भन्दै यसमा लिबियाको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकार नै दोषी रहेको जनाएको छ ।

गोलाबारी भएको क्षेत्र त्रिपोलीको पुरानो विमानस्थल रहेको स्थाननजिकै रहेको बताइन्छ । त्रिपोलीको विमानस्थलआसपास पछिल्ला केही दिनयता तीब्र भीडन्तका समाचार आएका छन् ।

दुई साताअघि हफ्तारले राजधानी कब्जा गर्ने उद्देश्यले त्रिपोलीमा सैनिक कारवाहीलाई तीब्र बनाएयता त्यस क्षेत्रमा १ सय ७४ जनाभन्दा धेरैको मृत्यु भइसकेको र अरु ७ सय ५६ जना घाइते भएको तथा हजारौं विस्थापित भइसकेका छन् ।

संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनले त्यहाँ तत्काल युद्धविराम घोषणा गरी हिंसा अन्त्य गर्न आह्वान गरेका छन् । तर, त्रिपोली शहरमा हिंसा अन्त्य हुने सम्भावना भने नदेखिएको बताइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ३ : ४० बजे

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : बदली र वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले सार्वजनिक गरे इरानी विदेशमन्त्रीको विज्ञप्ति : होर्मुज खुला गर्ने प्रतिबद्धता

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विदेशमन्त्री सैयद अब्बास