इण्डोनेशियामा भएको निर्वाचनमा निवर्तमान राष्ट्रपतिको अग्रता | Khabarhub Khabarhub

इण्डोनेशियामा भएको निर्वाचनमा निवर्तमान राष्ट्रपतिको अग्रता


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


जकार्ता– इण्डोनेशियामा भएको राष्ट्रपतीय निर्वाचनमा निवर्तमान राष्ट्रपति जोको ‘जोकोवी’ विदोदोले अग्रता लिएका छन् ।

नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनअन्तर्गत प्रारम्भिक चरणको अनौपचारिक मतपरिणाम अनुसार विदोदोले अग्रता लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हालसम्म गणना भएको मतपरिणाम अनुसार उनले आधा भन्दा धेरै मत पाएको जनाइएको छ ।

जकार्तामा रहेको सीएसआईएइस नामक सर्वेक्षण संस्थाले जनाए अनुसार विदोदोले ५५ दशमलब ७ प्रतिशत मत ल्याएको तथा उनका निकटतम प्रतिद्वन्द्वी प्राबोवो सुबियान्तोले ४४ दशमलब ३ प्रतिशत मत ल्याएका छन् । यद्यपि औपचारिक मतपरिणाम सार्वजनिक हुन भने केही समय लाग्ने बताइएको छ ।

विदोदोले भने आफूले जित्ने संकेत देखिएपनि निर्वाचन आयोगको अन्तिम मतपरिणाम सार्वजनिक नभएसम्म हतार नगर्ने बताएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ४ : ४९ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने