अन्ततः यसरी बन्द भयो भारतमा टिकटक « Khabarhub

अन्ततः यसरी बन्द भयो भारतमा टिकटक


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


चिनियाँ भिडियो शेयरिङ साइट टिकटकलाई एप्पल र गुगलले भारतमा उपलब्ध नहुने गरी हटाएका छन् । तामिल नाडुको मद्रास उच्च अदालतको आदेशपछि एप्पल र गुगलले टिकटकमाथि भारतमा प्रतिबन्ध लगाएका हुन् ।

यसअनुसार गुगलले आफ्नो प्लेस्टोरबाट तथा एप्पलले एपस्टोरबाट भारतका लागि टिकटकलाई ब्लक गरेका छन् ।

टिकटकको निमार्ता चिनियाँ कम्पनी बाइटडान्सले प्रतिबन्धमाथि पुनर्विचार गर्न गरेको अपिल उच्च अदालतले खारेज गरेपछि त्यहाँको दूरसञ्चार निकायले गुगल र एप्पललाई भारतमा टिकटकलाई प्रतिबन्ध लगाउन पत्राचार गरेको बताइएको छ ।

त्यसपछि दुबै कम्पनीले टिकटकलाई भारतमा ब्लक गरेका हुन् । यद्यपि यसअघि इन्स्टल भइसकेका टिकटक एप्लिकेसन भने चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

टिकटकले अश्लील सामग्री फैलाएको भन्दै अदालतमा मुद्धा दायर गरिएको थियो । त्यसपछि अदालतले टिकटकलाई प्रतिबन्ध लगाउन आदेश दिएको थियो ।

भारतमा टिकटकका १२ करोड भन्दा धेरै प्रयोगकर्ता रहेको बताइन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ५ : ०३ बजे

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र