राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिए : प्रधानमन्त्री « Khabarhub

राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिए : प्रधानमन्त्री


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय भर्ना अभियान सफल बनाउन विभिन्न युवा विद्यार्थी सङ्गठनलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित अन्तरक्रियामा उनले गत वर्षदेखि विशेष रुपले शुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न विद्यार्थी र युवालाई आग्रह गरेका हुन् ।

युवा र विद्यार्थीले अब सिर्जनशील समाज सुधारका काममा लाग्नका लागि कुनै अवरोध नरहेको उनले स्पष्ट पारे ।  ‘अब राजनीतिक सङ्घर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन्’, प्रधानमन्त्रीले भने ‘अब युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादनजस्ता कुरामा ध्यान दिनुपर्छ ।’

नेपाललाई विद्वानहरुको देशका रुपमा पहिचान बनाउनुपर्नेमा जोड दिँदै उनले भने ‘हाम्रा विद्वान् पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नुपर्छ । विद्वान् पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौँ तर अब यो अवस्था रहिरहन सक्दैन ।’

प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए । ‘यस वर्षदेखि विद्यालय उमेरका कोही बालबालिका पनि विद्यालय बाहिर हुनुहुँदैन”, प्रधानमन्त्री ओलीले भने ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले यही वैशाख २ देखि १६ गतेसम्म राष्ट्रिय भर्ना अभियान सञ्चालन गरेको बताउँदै यसमा सबैको सहयोगको अपेक्षा व्यक्त गरे ।

सरकारले हरेक वर्ष वैशाख २ लाई राष्ट्रिय भर्ना दिवसका रुपमा मनाउने घोषणा पनि गरेको छ । गत वर्ष प्रधानमन्त्रीलगायत धेरै पदाधिकारी, नेता र अभिनेताले विद्यार्थीलाई भर्ना गराएर तिनको अभिभावकत्व ग्रहण गरेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ५ : १७ बजे

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर

बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते

काठमाडौं– नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा

उपसभापतिमा पराजित भट्टराईले भने- अब अझ धेरैको भरोसा जित्न लाग्नेछु

काठमाडौँ – नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास