शेयर बजारमा सामान्य वृद्धि | Khabarhub Khabarhub

शेयर बजारमा सामान्य वृद्धि


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार दोहोरो अंकले उकालो लागेको शेयर बजारमा बुधबार भने सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९९ विन्दुले बढेर एक हजार २१७.०४ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३२ विन्दुले बढेर २६१.५७ विन्दुमा पुगेको छ । आज कुल १७१ कम्पनीका २८ लाख एक हजरा ६१३ कित्ता शेयर रु ८२ करोड १६ लाख ९८ हजार १० मा खरीदबिक्री भए ।

कारोबार भएका दश उपसमूहमध्ये बैंकिङ ८.९३, होटल १.६३, विकास बैंक ४.०९ र जीवन बीमा ३९.१९ विन्दुले बढेका छन् । त्यस्तै जलविद्यतु् ०.४४, वित्त ०.१३, निर्जीवन बीमा ९.३८, उत्पादन ८.४२, अन्य ०.२७ र लघुवित्त १४.०२ विन्दुले घटेका छन् ।

कारोबार रकमका आधारमा आज पनि एनएमबी बैंक शीर्ष स्थानमा पुगेको छ । एनएमबीको रु सात करोड २६ लाख १५ हजार १५१, एनआइसी एसियाको रु चार करोड ५४ लाख ७७ हजार ८००, नेपाल बैंक लिमिटेडको रु चार करोड ३३ लाख ६६ हजार ७९९, प्रभु बैंक लिमिटेडको रु चार करोड ३१ लाख ५९ हजार १८३ र कुमारी बैंक लिमिटेडको रु तीन करोड ८८ लाख तीन हजार ६५१ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.७५, युनिभर्सल पावर कम्पनी ५.५६, युनाइटेड फाइनान्स ४.६६, नबिल इक्विटी फण्ड ४.५० र चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.४६ प्रतिशतले कमाए ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शेयर धनीले ४.०८, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३.८५, महिला सहयात्रा लघुवित्त वित्तीय संस्था ३.७८, सामुदायिक लघुवित्त वित्तीय संस्था ३.५५ र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरधनीले ३.३८ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ५ : २६ बजे

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा