सलमानसँग ‘किक २’ मा हुनेछन् यी २ हिरोइन « Khabarhub

सलमानसँग ‘किक २’ मा हुनेछन् यी २ हिरोइन


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हिन्दी फिल्म ‘किक २’ बन्ने खबर आएको त धेरै भइसकेको छ । यता सलमान खान भने फिल्म ‘भारत’ र ‘दबंग ३’ को छायांकनमा व्यस्त छन् । उनी व्यस्त हुँदा ‘किक २’ को छायांकन समयमा हुन सकेको छैन ।

यतिबेला भने फिल्मसँग जोडिएका केही खबर बाहिरिएका छन् । सम्भवतः यस वर्ष नै सलमानले ‘किक २’ को छायांकन थाल्नेछन् । निर्माता साजिद नाडियाडवाला फिल्मको तयारीमा नै व्यस्त छन् । अहिले स्किृप्टलाई अन्तिम रूप दिने काम भइरहेको छ ।

फिल्मका लागि सलमान खान त तय भइसकेका छन् । तर नायिका को बन्ने भन्ने अझै बाहिर खबर आएको छैन ।

भारतीय मिडियाले सूत्रको हवाला दिँदै यो फिल्ममा दुई नायिका हुने जनाएका छन् । फिल्ममा ज्याकलीन फर्नाडिस हुने सम्भावना बढी भएको बताइएको छ भने दोस्रो हिरोइनमा दिशा पटानी हुने सम्भावना छ ।

सलमानसँग दिशाले फिल्म ‘भारत’ मा काम गरिसकेकी छिन् । सोही क्रममा काम मन पर्दा सलमान खानले दिशालाई सिफारिस गरेको बताइएको छ । तर, यो बारेमा निर्माण टिमको आधिकारिक खबर भने बाहिर आएको छैन ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : ५६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको