सुडानका अपदस्थ राष्ट्रपति कारागार चलान « Khabarhub

सुडानका अपदस्थ राष्ट्रपति कारागार चलान


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुडान– सुडानका अपदस्त राष्ट्रपति ओमर अल बसिरलाई आफ्नो आवासबाट कारागारमा सारिएको छ ।

उनलाई हाल राजधानी खार्तुममा रहेको कोबर कारागारमा सारिएको उनको पारिवारिक श्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । खार्तुमको उत्तरी भेगमा रहेको त्यस कारागारमा हाल ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

हाल बसिरलाई राखिएको कारागारमा यसअघि बसिरले बन्दी बनाएका राजनीतिक नेताहरुलाई पनि राखिने गरेको बताइन्छ ।

मूल्यबृद्धिको विरोधमा महिनौंसम्म सरकारविरोधी प्रर्दशनपछि गत बिहीबार सेनाले कु गरी विगत ३० वर्षदेखि सत्तामा रहेका बसिरलाई अपदस्थ गरी सैनिक शासन शुरु गरेको थियो ।

यद्यपि प्रदर्शनकारीले भने मुलुकको सत्ता नागरिक सरकारलाई हस्तान्तरण गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ९ : ३० बजे

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७