आज मदन–आश्रित स्मृति दिवस « Khabarhub

आज मदन–आश्रित स्मृति दिवस


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराम आश्रितको सम्झनामा आज (शुक्रबार) विभिन्न कार्यक्रम गरी मदन–आश्रितको सम्झना गरिँदैछ ।

२०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाएका नेतालाई आदर्श मान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लगायतका दलले बेग्लाबेग्लै कार्यक्रमको आयोजना गरी मदन–आश्रितलाई सम्झना गर्दैछन्।

रहस्यमय रुपमा भएको यो दुर्घटनाको २६ वर्ष पुगेको छ तर, अझै यसको कारण पत्ता लागेको छैन । यो बीचमा भण्डारीको विचार र सिद्धान्त बोकेको पार्टी तत्कालीन नेकपा एमाले पटक–पटक सरकारमा पुग्यो । तर न दुर्घटनाको रहस्य पत्ता लाग्यो न दुर्घटनास्थल दासढुङ्गा र शव प्राप्त भएको गाँजीपुरको विकास नै हुनसक्यो ।

प्रत्येक वर्ष जेठ ३ मा पार्टीका तर्फबाट दासढुङ्गामा रहेको मदन–आश्रितको शालिकमा माल्यार्पण गरिन्छ र मदन–आश्रितको विचार र सिद्धान्तको चर्चा गरिन्छ । यस वर्ष पनि यसलाई निरन्तरता दिइएको छ । घटनाका विषयलाई लिएर थुप्रै चर्चा परिचर्चा चलिरह्यो । तर, दासढुङ्गामा मदन–आश्रितको शालिक भएको स्थान र शव प्राप्त भएको गाँजीपुरको समेत उचित संरक्षणमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन ।

नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवालीले मदन–आश्रितको शालिकमा फूलमाला चढाउने र उनका विचार र सिद्धान्तको चर्चा गर्नेबाहेक दासढुङ्गा र गाँजीपुरमा ठोस काम हुन नसकेको बताए ।

नेकपाका नेता तथा प्रदेश नं ३ का प्रदेशसभा सदस्य विजय सुवेदीले ठोस पहलकदमीको अभावले दासढुङ्गा र गाँजीपुरको विकास हुननसकेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारले यस वर्ष पनि भरतपुरबाट र्‍यालीसहित दासढुङ्गामा नियमित श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने बताए । उनले नेपालको कम्युनिष्ट राजनीतिलाई बहुदलीय प्रतिस्पर्धामा ढाल्न स्व भण्डारीको महत्वपूर्ण योगदान रहेको बताए ।

स्व भण्डारीको विचार र सिद्धान्त वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको मदन भण्डारी फाउण्डेशन चितवनका संस्थापक अध्यक्ष जेएन थपलियाले बताए । उनले विगतमा भएका प्रयासले ठोस मूर्तरुप दिन नसके पनि यस वर्षदेखि दासढुङ्गा र गाँजीपुरको विकासका लागि काम शुरु भएको बताए ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ७ : ५२ बजे

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३