आज ५० औं दूरसञ्चार दिवस « Khabarhub

आज ५० औं दूरसञ्चार दिवस


३ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना प्रविधिको विकास र विस्तारमा विश्वले फड्को मारेको छ । यहि विकास क्रम शुरु भएको दिनको आज विश्वभर ५० औं विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदैछ । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू)का विश्वभर १९३ सदस्य राष्ट्रभर यो दिवस मनाउने गरिन्छ ।

एक दशक अघिसम्म यस्तो दिवस विश्वभर दूरसञ्चारको विस्तारमा बढी केन्द्रित हुने गरेको थियो । पछिल्लो समय भने यस्तो दिवस यसको गुणस्तर वृद्धि र बढ्दो डिजिटल खाडल कम गर्नुपर्ने विषयमा केन्द्रित हुन थलोको छ ।

यस वर्ष विश्व दूरसञ्चार दिवसको नारा ‘ब्रिजिङ द स्टान्डराइजेसन ग्याप’ तय गरिएको छ । यद्यपी पछिल्लो सयम नेपालमा दिवस परम्परागत रुपमा मात्र मनाइँदा आईटीयूबाट प्राप्त हुनसक्ने थप लाभ लिन नसकिएको दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनालले जानकारी दिए ।

आईटीयूको स्थापना दिवस मे १७ लाई आधार मानेर प्रत्येक वर्ष आजकै दिन यो दिवस मनाउने गरिएको छ । सन १८६५ मे १७ मा आईटीयूको स्थापना भएपछि सन् १९६९ देखि यो दिवस मनाउन थालिएको हो । विश्वभर दूरसञ्चार विकासका लागि आवश्यक रणनीति, फ्रिक्वेन्सी व्यवस्थापन जस्ता विषयमा आईटीयूले सदस्य राष्ट्रलाई सहयोग गर्ने गरेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार  ९ : १४ बजे

सिन्धुलीमा सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार