मदनको सपनालाई पूरा गर्न पार्टी एकता भएको हो–प्रचण्ड « Khabarhub

मदनको सपनालाई पूरा गर्न पार्टी एकता भएको हो–प्रचण्ड


३ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय मदन भण्डारीको सोच नेपाल निर्माणका लागि अग्रणी भएको बताएका छन् । मदन आश्रित स्मृति दिवसको अवसरमा नेकपाले बल्खुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदान अतुलनीय रहेको बताए । भण्डारीले ल्याएको बहुदलीय समाजवाद कम्युनिस्ट आन्दोलनका लागि एक माग दर्शन भएको बताए ।

प्रचण्डले मदन भण्डारीले देखेको सपनालाई पछ्याउने क्रममा नै अहिले पार्टी एकता भएको बताउँदै नेपालका कम्युनिस्ट नेताले देखेको सपना पूरा गर्न नेकपा लागि पर्ने बताए । अब नेकपाको लक्ष्य समाजवाद तिरको एउटा युगीन यात्रा रहेको भन्दै प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनमा होमिएका नेताको सपना पूरा हुने बताए ।

जनताको जनवादलाई तत्कालका लागि समाजवादलाई रणनीतिक रुपमा कार्यान्वयन गर्ने भन्ने योजनासहित पार्टी एकता भएको भन्दै प्रचण्डले आगामी जिल्ला अधिवेशन र आउँदो महाधिवेश हुँदा सम्म विश्वका कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै सकारात्मक र रचनात्मक बहस गर्ने बताए ।

एकता ढिला भयो तर मजबुद हुने भन्दै प्रचण्डले विश्वको कुनै शक्तिले पनि पार्टी एकतालाई टुक्राउन भएका प्रयास सबै फेल हुने बताए । उनले भने, ‘पार्टी एकता प्रक्रिया ढिलो भयो । तीन महिनामा सक्नुपर्ने हो । तर, एक वर्ष पुग्यो । तर मलाई लाग्छ । अब सबै प्रक्रिया पूरा भएको छ ।’ उनले जनता र विज्ञानप्रति इमान्दार भएर अघि बढ्दा कसैले आफूहरुलाई हराउन नसक्ने दाबी गरे ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार  ९ : २८ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका