ट्रम्पको नयाँ आप्रवासन योजना– डीभी बन्द, ग्रिनकार्ड पनि सजिलै नपाइने « Khabarhub

ट्रम्पको नयाँ आप्रवासन योजना– डीभी बन्द, ग्रिनकार्ड पनि सजिलै नपाइने


३ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


डाइभर्सिटी भिसा अर्थात् डीभी चिट्ठा कार्यक्रम बन्द गर्ने योजनासहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आप्रवासन नीति अघि सारेका छन् ।

ह्वाइट हाउसको रोज गार्डेनमा उनले सार्वजनिक गरेको नयाँ आप्रवासन नीति अनुसार अब ग्रिनकार्ड दिन पनि कडाई गरिनेछ । यसका लागि कडा परीक्षा दिनुपर्ने तथा अहिलेका भन्दा थप प्रक्रिया पूरा गर्नु पर्ने जनाइएको छ ।

यसअघि हरेक वर्ष ११ लाख भन्दा धेरै मानिसहरुले ग्रिनकार्ड पाउने गरेकोमा दुई तिहाई भन्दा धेरै ग्रिनकार्ड अमेरिकामा परिवार रहेकालाई पारिवारिक सम्बन्धका आधारमा दिने गरिँदै आइएको थियो । तर, अब भने ग्रिनकार्ड दिन अब उच्च सीप भएका, अंग्रेजी राम्ररी बोल्नसक्ने र युवावर्गका आप्रवासीलाई प्राथमिकता दिइनेछ ।

ट्रम्पका अनुसार अब अमेरिकाले दिने ग्रिनकार्डको ५७ प्रतिशत हिस्सा यस्ता उच्च सीप र दक्षता भएका आप्रवासीले ओगट्नेछन् ।

यद्यपि उनको नयाँ नीति डेमोक्र्याटिक पार्टीको बहुमत रहेको कंग्रेसको तल्लो सदनबाट पारित हुनेमा भने आशंका रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार  १२ : ५० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल