फ्राइडे रिलिज: ‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’ को भिडन्त « Khabarhub

फ्राइडे रिलिज: ‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’ को भिडन्त


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि नेपालका सिनेमा घरमा चलचित्र ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ रिलिज भएका छन् । संयोग नै भन्नुपर्छ, यी दुवै फिल्म सिक्वेलका रुपमा निर्माण भएका हुन् । यद्यपि कथाका हिसाबले ‘जात्रै जात्रा’ पहिलो चलचित्र ‘जात्रा’ सँग सम्बन्धित छ भने ‘वीर विक्रम २’ मा नयाँ कथा छ ।

सिङ्गल थिएटरमा दुवै चलचित्रको उस्तै व्यापार देखिए पनि मल्टिप्लेक्स हलमा भने चलचित्र ‘जात्रै जात्रा’ ले उच्च शो पाएको छ । फरक जानरामा यी दुई फिल्म रिलिज भएका हुन् ।

चलचित्र ‘जात्रै जात्रा’ कमेडी मन पर्ने दर्शकले रुचाउने खालको छ । फिल्ममा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दयाहाङ राई, राजाराम पौडेल लगायतका कलाकारको शीर्ष भूमिका छ । चलचित्रले सुन तस्करी र नक्कली नोट प्रकरणलाई मुख्य विषय बनाएको छ । फिल्मका निर्देशक प्रदीप भट्टराई हुन् ।

यस्तै चलचित्र ‘वीर विक्रम २’ लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । यो फिल्ममा मुस्ताङका विभिन्न स्थान देख्न सकिन्छ । चलचित्रमा पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी, बुद्धि तामाङ लगायतका कलाकारको शीर्ष भूमिका छ । लभ स्टोरी मन पर्ने दर्शकका लागि यो फिल्म मन पर्ने आशा गरिएको छ । चलचित्रलाई मनोरञ्जनमूलक बनाउने प्रयास गरिएको छ ।

योसँगै नेपालमा बलिउड र हलिउडका फिल्म पनि रिलिज भएका छन् । मल्टिप्लेक्समा फिल्म ‘जोन विक ३’ ले पनि दर्शकको ध्यान खिचेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  २ : ०१ बजे

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको