फ्राइडे रिलिज: ‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’ को भिडन्त | Khabarhub Khabarhub

फ्राइडे रिलिज: ‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’ को भिडन्त


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि नेपालका सिनेमा घरमा चलचित्र ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ रिलिज भएका छन् । संयोग नै भन्नुपर्छ, यी दुवै फिल्म सिक्वेलका रुपमा निर्माण भएका हुन् । यद्यपि कथाका हिसाबले ‘जात्रै जात्रा’ पहिलो चलचित्र ‘जात्रा’ सँग सम्बन्धित छ भने ‘वीर विक्रम २’ मा नयाँ कथा छ ।

सिङ्गल थिएटरमा दुवै चलचित्रको उस्तै व्यापार देखिए पनि मल्टिप्लेक्स हलमा भने चलचित्र ‘जात्रै जात्रा’ ले उच्च शो पाएको छ । फरक जानरामा यी दुई फिल्म रिलिज भएका हुन् ।

चलचित्र ‘जात्रै जात्रा’ कमेडी मन पर्ने दर्शकले रुचाउने खालको छ । फिल्ममा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दयाहाङ राई, राजाराम पौडेल लगायतका कलाकारको शीर्ष भूमिका छ । चलचित्रले सुन तस्करी र नक्कली नोट प्रकरणलाई मुख्य विषय बनाएको छ । फिल्मका निर्देशक प्रदीप भट्टराई हुन् ।

यस्तै चलचित्र ‘वीर विक्रम २’ लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । यो फिल्ममा मुस्ताङका विभिन्न स्थान देख्न सकिन्छ । चलचित्रमा पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी, बुद्धि तामाङ लगायतका कलाकारको शीर्ष भूमिका छ । लभ स्टोरी मन पर्ने दर्शकका लागि यो फिल्म मन पर्ने आशा गरिएको छ । चलचित्रलाई मनोरञ्जनमूलक बनाउने प्रयास गरिएको छ ।

योसँगै नेपालमा बलिउड र हलिउडका फिल्म पनि रिलिज भएका छन् । मल्टिप्लेक्समा फिल्म ‘जोन विक ३’ ले पनि दर्शकको ध्यान खिचेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  २ : ०१ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको