प्रियंका र आयुष्मानको ‘प्रेम दिवस’ ट्रेलर रिलिज « Khabarhub

प्रियंका र आयुष्मानको ‘प्रेम दिवस’ ट्रेलर रिलिज


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘प्रेम दिवस’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरलाई ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो ।

त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्ममा प्रेम, धोका र रोमान्सलाई देखाइएको छ । फिल्ममा आयुष्मान देशराज जोशीले सागरको भूमिकामा अभिनय गरेका छन् प्रियंका कार्कीलाई आयुष्मानको अपोजिटमा देख्न सकिन्छ । उनी फिल्ममा सपनाको भूमिकामा छिन् ।

यस्तै फिल्ममा विशाल खरेलले पनि शीर्ष भूमिका निभाएका छन् । चलचित्रमा प्रदीप भारद्वाजको लेखन तथा योगेश घिमिरेको निर्देशन रहेको छ । फिल्मलाई मनिष दाहालले निर्माण गरेका हुन् ।

मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा वनिष शाह र मिलन श्रेष्ठको सम्पादन देख्न सकिन्छ । फिल्ममा हेमन्त बुढाथोकी, शिव शंकर गिरी, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो फिल्म जेठ ३१ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ४ : २१ बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते