विश्वकप क्रिकेट : पुरस्कारमा मात्रै १ अर्ब भन्दा धेरै खर्च हुने « Khabarhub

विश्वकप क्रिकेट : पुरस्कारमा मात्रै १ अर्ब भन्दा धेरै खर्च हुने


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font


काठमाडौं –  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यसपटकको विश्वकप क्रिकेटमा पुरस्कार राशिका लागि मात्रै १० मिलियन अमेरिकी डलर (नेपाली रुपैयाँ १ अर्ब १२ करोड)भन्दा बढी खर्च गर्ने भएको छ ।

आईसीसीले शुक्रबार विश्वकप क्रिकेटमा पुरस्कारका लागि लाग्ने खर्च सार्वजनिक गरेको हो । जसमा आईसीसीले विजेता टोलीलाई ट्रफी सहित ४ मिलिय अमेरिकी डलर (४५ करोड रुपैयाँ) प्रदान गर्ने जानकारी दिएको छ । विजेता टोलीका लागि यो अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशि पनि हो ।

आईसीसीले विजेतालाई ४ मिलियन दिँदा उपविजेता टोलीले २ मिलियन डलर प्राप्त गर्नेछन् । लिगमा प्रत्येक खेल जित्ने टोलीले ४० हजार डलर प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पराजित हुने २ टोलीले ८–८ लाख डलर पाउनेछन् ।

यस्तै, ४५ वटा लिगका ४५ विजेता टिमले ४०–४० हजार डलर पाउनेछन् भने लिग स्टेज पुरा गर्ने ६ टोलीले १० लाख डलर प्राप्त गर्नेछन् ।

प्रतियोगिता मे ३० देखि जुलाई १४ सम्म इङ्ग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुनेछ । विश्वकमा १० टिमले सहभागीता जनाउँदैछन् । विजेताको पुरस्कार जुलाई १६ मा क्रिेटको मक्का मानिने लड्स मैदानमा वितरण गरिनेछ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ४ : १८ बजे

पहिले चलेर असफल भएको थियो रात्रिकालीन बस सेवा

काठमाडौँ–  उपत्यकाका ४ नगरपालिकाको  संयुक्त प्रयासमा बुधबारदेखि रात्रिकालीन बस सेवा

दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

काठमाडौँ– उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा

दशैँसम्मका लागि २० फिल्मको ‘डेडललाइन’: एउटै मितिमा प्रियंका र नीताको भिडन्त

काठमाडौँ – नयाँ वर्षको प्राइम डेटमा हलमा तीन–चार वटा फिल्मले

रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

चितवन– जिल्लामा रगतको माग बर्सेनि बढ्दै गए पनि रक्तदाताको सङ्ख्या

यातायात राजस्व: ९ महिनामा साढे २३ करोड, सवारी करबाट मात्रै १९ करोड

मध्यविन्दु – यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले चालु