जेठ १७ गतेदेखि श्रम स्वीकृति ठप्प पार्ने व्यवसायीको चेतावनी « Khabarhub

जेठ १७ गतेदेखि श्रम स्वीकृति ठप्प पार्ने व्यवसायीको चेतावनी


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीले विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन् ।

उनीहरुले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति रोक्ने देखि लिएर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट विरुद्ध आन्दोलन गर्ने सम्मका कार्यक्रम घोषणा गरेका छन् ।

शुक्रवार राजधानीमा वैदेशिक रोजगार व्यवसायीले समसामयिक विषयमा छलफल गर्न बोलाएको भेलामा आन्दोनका कार्यक्रम घोषणा गरेका हुन् ।

वैदेशिक रोजगार व्यवसायीहरुले जेठ १७ गतेदेखि २४ गतेसम्म वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति ठप्प पार्ने घोषणा गरेका छन् । त्यस्तै उनीहरुले मन्त्री विष्ट विरुद्ध पनि आन्दोलनको घोषणा गरेका छन् ।

मन्त्री विष्ठका कारण म्यानपावरको धरौटी रकम वृद्धि भएको भन्दै उनीहरले आक्रोश पोखेका थिए ।

भिसा प्रमाणिकरण अनलाइनबाट गर्नुपर्ने, वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको व्याज पाउनु पर्ने र पायक पर्ने बैंकमा रकम राख्न पाउनुपर्ने लगायतका माग व्यवसायीहरुको रहेको छ ।

आफूहरुको मागमा मन्त्रालय गम्भीर नभएर कडा आन्दोलनमा उत्रिने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए ।

‘वैदेशिक रोजगार ऐनमा संशोधन गरेर व्यवसायीलाई तहस नहस गर्न खोजिएको छ,’ अध्यक्ष गुरुङले भने,‘दश दिन भित्रमा हाम्रा मागहरु सुनवाइ नभए म्यानपावनरको लाइसेन्स र कामदारको पारपापोर्ट श्रम मन्त्रालयमा बुझाउछौं ।’

उनले व्यवसायीको माग सुनुवाई नभए पार्टी भन्दा माथि उठेर मन्त्री विष्ट विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

वैदेशिक रोजगारी क्षेत्रलाई श्रम मन्त्रालय, केही विचौलिय र सिण्डिकेटधारीले सिध्याउने खेलमा लागेको वैदेशिक रोजगार लोकतान्त्रिक संघ कार्यकारी अध्यक्ष सुजित श्रेष्ठले बताएका थिए ।
व्यवसायीको भेलामा बोल्न अधिकांश वक्ताले श्रम मन्त्री विष्टले रोजगार व्यवसायीलाई पन्छाएर अरु व्यवसायी भित्राउन लागि परेको बताएका थिए । एक वर्ष देखि बन्द मलेसियाको रोजगारी खुलाउन मन्त्री चासो नदिएर अन्य तिर स्रोत देशसँग सम्बन्ध विग्रने काम गरिरहेको उनीहरुको आरोप छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ५ : १५ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी