दुई महिने शिशुको हत्या अभियोगमा आमा पक्राउ « Khabarhub

दुई महिने शिशुको हत्या अभियोगमा आमा पक्राउ


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– दुई महीनाकी नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले शुक्रवार आज शिशुकीआमालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–४ की ३५ वर्षीया जुना विक रहेको प्रहरीले जनाएको छ । आमाको काखमा रहेकी मृत शिशुलाई उनकै आफ्नै आमाले हत्या गरेको हुन सक्ने आशङ्कामा उनका परिवारले खबर गरेपछि जुनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जुनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा आवश्यक अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।

मृतक शिशुको शरीरमा कान नजिकै सामान्य चोट देखिएको हुँदा शव परीक्षण र आमाको बयानपछि थप अनुसन्धान गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रहरीले जनाएको छ । शिशुको शव परीक्षणका लागि जिल्ला अस्पताल गुल्मीमा राखिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ५ : ४२ बजे

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौँ– कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

फेवातालको मापदण्ड र संरचना भत्काइएकोप्रति कर्ण शाक्यको आपत्ति

पोखरा- पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरास्थित वाटरफ्रन्ट होटलको पर्खाल पूर्वसूचनाबिना

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज बस्दैछ ।

वीरगञ्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो

पर्सा– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा एक

‘नौ मुठ्ठे’ गाई जोगाउन प्रधानमन्त्री बालेनसँग सांसदको माग

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित कैलाली क्षेत्र